बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला

शुक्रबार, ३० साउन २०७७, ०९ : २१
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१२ मा पहिरोले पुरिएर बेपत्ता भएका ५४ बर्षिय काले मोक्तानको शव फेला परेको छ । गएरातीको सुख्खा पहिरोले पुरिएका मोक्तानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।

मृतक काले थाहा नगरपालिका–१२ का स्थानिय हुन् ।  थाहा नगरपालिकाको गैरीगाउँमा संचालित ढुंगाखानीमा जाने बाटोमा खसेको पहिरोले तिनवटा ट्रिपर र एउटा स्काभेटर पुरेको छ । मृतक सो खानीका गाडी रेखदेख गर्न खटिएका थिए ।

पहिरोका कारण त्रिभुवन राजथपमा सवारी अवागमनमा कुनै असर नपर्ने एसपी राठौरले बताए ।

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप