बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वडाअध्यक्षकै मोटरसाइकल चोरी

शुक्रबार, ३० साउन २०७७, १० : १०
शुक्रबार, ३० साउन २०७७

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढ्ने सेतो नम्बर प्लेटको मोटरसाइकल राति चोरी भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाइकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेता प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए ।

‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत मोटरसाइकल भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको अध्यक्ष थारुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप