दुई ट्रकमा आगलागी
वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ ।
औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ ।
हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।
यसैबीच त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२ पिस्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गाखानीमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो ।
मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोमा तीन टिपर र एउटा स्काभेटर पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अहिले त्रिभुवनराजपथ पनि अवरुद्ध रहेको र पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण