शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा थप २४ जनामा कोरोना संक्रमण, अस्पताल भरिए

शुक्रबार, ३० साउन २०७७, १३ : १६
शुक्रबार, ३० साउन २०७७

रौतहट । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका  ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष  र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ । 

संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् । जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए । 

आईसोलेसन निर्माणमा केहि समय लाग्ने भएकाले संक्रमितलाई त्यसबेलासम्म सुरक्षित रुपमा होम आईसोलेसनमा बस्न डाक्टर साहले अनुरोध गरेका छन् । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप