बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले कुन बैङ्क कति प्रभावित ?

कसको नाफा बढ्यो, कसको घट्यो ?, यस्तो छ तथ्यांक
शुक्रबार, ३० साउन २०७७, १५ : ५१
शुक्रबार, ३० साउन २०७७

कोरानाको कारण भएको लकडाउनले बैङ्कलाई नराम्ररी प्रभावित बनाएको छ ।  बैङ्कहरुको नाफा घटेको वित्तीय विवरण अधिकांश बैङ्कले प्रकाशित गरिसकेका छन् । केरोनाका कारण कुन बैङ्क कति प्रभावित बने भनेर देखाउन खोजेका छौ ।

इन्भेष्टमेन्ट बैङ्क

गत आर्थिक वर्षको (२०७६÷७७) चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैङ्कको अधिकांश सूचक प्रभावित भएको छ । बैङ्कको  खुद नाफा २२.६४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस  बैङ्कले ३ अर्ब ३२ करोड ४१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वित्तरण योग्य नाफा पनि नराम्ररी प्रभावित भएको छ ।  वितरण योग्य नाफा  ५३.०९ प्रतिशतले घटेर ६५ करोड २३ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष बैङ्कको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ थियो । यसअवधिमा खुद ब्याज आम्दानी ६.६९ प्रतिशतले  घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँ भएको छ । सञ्चालन नाफा १२.०३ प्रतिशतले घटेर ३ अर्ब ६३ करोड ६१ लख ४१ हजार रुपैयाँमा झरेको छ । खराब कर्जा अनुपात ०.१३ प्रतिशतले बढेर २.९१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ ।

हिमालयन बैङ्क

हिमालयन बैङ्कको खुद नाफा र वितरण योग्य नाफा दुवै घटेको छ । खुद नाफा ८५ ले घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैङ्कको वितरण योग्य नाफा ३५.२६ प्रतिशतले घटेर १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख ३९ हजार रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.४५ प्रतिशत र १५.०५ प्रतिशतले घटेको छ । यसकारण पनि समग्र खुद नाफा प्रभावित हुन गएको हो । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १४.६० प्रतिशत र ९.५१ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुग्दा बैङ्कको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसाले घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको छ । बैङ्कको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल बंगलादेश बैङ्क

नेपाल बंगलादेश बैङ्कले  १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कको वितरणयोग्य नाफा पनि ५६.८० प्रतिशतले घटेर ४४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । बैङ्कले निक्षेप संकलन १२.५३ प्रतिशत र कर्जा लगानी ११.८२ प्रतिशतले बढेको छ । यस अवधिमा बैङ्कको खराब कर्जा अनुपात पनि १.१५ प्रतिशत ले २.८९प्रतिशत पुगेको छ ।

हाल यस बैङ्कको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैङ्कको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा रहेको छ ।

ग्लोबल आइएमइ बैङ्क

जनता बैङ्कलाई गाभेको ग्लोबल आइएमइको नाफा भने बढेको छ ।  ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैङ्कले २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण वितरण योग्य नाफा २८.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष  वितरण योग्य नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो । यस अवधिमा बैङ्कको खराब कर्जा अनुपात १.२५ प्रतिशतले बढेर १.८० प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः पनि ५६.२६प्रतिशत र १२.७६ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुदा ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८४ पैसाले घटेर १६ रुपैयाँ २७ पैसा कायम भएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९२ पैसा छ । रिजर्भ कोष पनि औसतमा राम्रो छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ छ ।

एनआइसी एसिया

यता, एनआइसी एसिया बैङ्कको नाफामा सामान्य सुधार देखिएको छ । यस अवधिमा बैङ्कको खुद नाफा ३.२४प्रतिशतले बढेर ३ अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैङ्कले ३ अर्ब २ करोड ३२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर बैङ्कको वितरण योग्य नाफा भने ३३.०७ प्रतिशतले घटेको छ । गत वर्ष २ अर्ब १५ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको वितरण योग्य अहिले नाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँमा झरेको छ ।

चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर ७ अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने १.०१ प्रतिशतले घटेर ४ अर्ब ४६ करोड ७६ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः १४.०३ प्रतिशत र १२.३४ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कको नाफा घटेको छ । बैङ्कको खुद नाफा १८.१४ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ५ करोड ४१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, अघिल्लो वर्ष २ अर्ब १८ करोड ८० लाख ३८ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार मसान्तसम्म आइपुग्दा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँमा खुम्चिएको छ । यो अघिल्लो वर्षको तुलनामा २३.५३ प्रतिशतले कम हो ।

खराब कर्जा अनुपात भने ०.०६ प्रतिशतले बढेर ०.२२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९९ पैसाले घटेर ३१ रुपैयाँ १५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ८१ पैसा रहेको छ ।

स्टयाण्डर्ड चार्टड बैङ्क

स्टान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १८.५१ प ले कम हो । अघिल्लो वर्ष बैङ्कले २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ०.०१५ ले बढ्दा सञ्चालन नाफा भने १८.२९५ ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैङ्कको वितरण योग्य नाफा पनि २१५.९०५ ले घटेको छ

चार्टर्डले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३०.०२५ र १.५०५ ले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । चौथो त्रैमाससम्म आइपुग्दा चार्टर्डको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसाले घटेर २४ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५० पैसा रहेको छ ।

सेञ्चुरी बैङ्क

सेन्चुरी बैङ्कले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस बैङ्कले ६७ करोड ६४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैङ्कको वितरण योग्य नाफा भने २५.२३ प्रतिशतले घटेर ४० करोडमा सीमित भएको छ । बैङ्कले निक्षेप संकलन र कर्जा लगानी क्रमशः १२.६६ प्रतिशत र १.९५ प्रतिशतले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । सेन्चुरीको प्रतिसेयर आम्दानी ०. ५४  रुपैयाले बढेर १० रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप