शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरो पीडितलाई तत्काल उचित बासको प्रबन्ध मिलाउन र क्षतिपूर्ति दिलाउन देउवाको माग

शुक्रबार, ३० साउन २०७७, १६ : ५४
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।

देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका  पहिरो प्रभावित उचित बासको प्रवन्ध मिलाउन माग गरेका हुन् । पहिरोबाट प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन पनि सरकारसँग देउवाको आग्रह छ । ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु’ देउवाले ट्वीटमा लेखेका छन् ।

देउवाले पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् । देउवाले लेखेका छन्, ‘पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप