शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा अर्को कोरोना टेस्ट मेशिन थपियो : अब ३० मिनेट रिपोर्ट आउने

शुक्रबार, ३० साउन २०७७, १८ : ५०
शुक्रबार, ३० साउन २०७७

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षणको नयाँ सेवा शुरु भएको छ । 

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगर्त उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परीक्षण गरि सेवा शुभारम्भ गरेका थिए । उनको रिपोर्ट ३०  मिनेटमा नै आएको थियो । सामाजिक विकास मन्त्रालयका एक उच्च कर्मचारी कोरोना भएको पुष्टि भएको थियो । मन्त्रीसँगै तीन जनाले स्वाव दिएर नयाँ पिसिआर मेशिनको काम शूरु गरिएको थियो । 

सामान्य पिसिआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।  

 

मेडिकल सुपरिटेण्ड डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी हुने दावी गरे । 


प्रदेश पाँच  भिम अस्पताल , दाङ, नेपालगञ्ज  र केही निजी क्षेत्रले समेत कोरोना टेस्ट  गरिरहेका छन् । प्रदेश ५ मा कोरोना संक्रमण बृद्धि भएपछि छिटो रिपोर्ट माग्नेहरु पनि धेरै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप