बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको मनमैजुमा चक्कु हानेर एक युवकको हत्या

शुक्रबार, ३० साउन २०७७, २२ : २९
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ । 

तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने लक्ष्मणको हत्या गरेको बताइएको छ । 

मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ । आपसमा विवाद हुँदा चक्कुले हानेर हत्या गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप