शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महायोगी श्रीअरविन्द र उनको परिकल्पना

शनिबार, ३१ साउन २०७७, ०७ : ४६
शनिबार, ३१ साउन २०७७

भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोध मार्गमा जीवन समर्पित पथिकहरुको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही श्रृङ्खलाका एक महान कडी, भारतका एक विलक्षण महान योगी र प्रखर बौद्धिक व्यक्तित्वको जन्म दिन हो । दार्शनिक, कवि, स्वतन्त्रताका सङ्ग्रामका सेनानी, क्रान्तिकारी, योग साधनाका प्रकाण्ड विद्वान तथा मौलिक व्याख्याकार, एकान्त साधनाका शिखर योगी श्रीअरविन्द घोषले जन्म लिएको यो दिनको पनि आफ्नै रहस्य छ ।  लामो समयसम्म मुगलहरुको हुकुमी र त्यसपछि अंग्रेजको गुलामी शासनको साङ्ग्लोबाट भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र भयो र भारतमा प्रजातन्त्रको उदय भयो । आफ्नो जन्मदिन १५ अगस्ट कै दिन भारत स्वतन्त्र हुन्छ भन्ने घोषणा श्रीअरविन्दले ३० वर्ष अघि नै गरिदिएका थिए ।  जब भारत स्वतन्त्र भयो र श्रीअरविन्दलाई भारतीय रेडियोमा सन्देश दिन आग्रह गरियो, त्यसमा पनि उनले भने – १५ अगस्टमा भारत स्वतन्त्र भएको घटनाको पछाडि परमात्माको ठूलो आयोजना र लीला छ । 

१५ अगस्ट १८७२ मा श्रीअरविन्द जन्म कोलकतामा भएको थियो । उनका पिता डाक्टरकृष्णधन घोष उनलाई उच्च शिक्षा दिलाएर उच्च सरकारी पदमा आसिन भएको देख्न चाहान्थे । त्यसैले उनले आफ्नो पुत्रलाई अंग्रेजी जीवनशैलीमा संस्कारित गर्न पाँच सालको उमेरमा दार्जिलिङको लारेटो कन्वेन्ट स्कुलमा पठाए  र त्यसको दुई वर्षपछि मात्र ७ वर्ष कै उमेरमा बेलायत पठाए । भारत स्वतन्त्रताको लडाईको शंखनाद भइसकेको समयमा ७ वर्षका उमेरमा बेलायत गएका श्रीअरविन्द १४ वर्षपछि सन् १८९३ मा भारत फर्के । उनले अंग्रेजी, जर्मन, फ्रेन्च, ग्रीक र लेटिन भाषामा पूर्ण दक्षता हासिल गरिसकेका थिए । बेलायत मै श्रीअरविन्द भारतको स्वतन्त्रता संग्रामलाई सहयोग गर्ने देशभक्तहरुको एक गुप्त समुहमा समावेश भइसकेका थिए । उनी अति नै प्रतिभावान् थिए । मात्र १८ वर्षको उमेरमा अत्यन्त कठीन मानिने अंग्रेजहरुले प्रशासक छान्ने भारतीय सिभिल सेवा (आइसीएस) को परिक्षामा उनी प्रथम भए । तर अंग्रेजहरुको गुलामी शासन–यन्त्रको पूर्जा भएर कार्य गर्न उनलाई मान्य भएन । घोडचढीको प्रयोगात्मक जाँचमा उनी उपस्थित भएनन् र त्यो सेवाबाट बाहिरिए । 

संयोगले बडौदा नरेश गायकवाडसँग श्रीअरविन्दको बेलायत मै भेट भयो । गायकवाड उनको प्रतिभाबाट अत्याधिक प्रभावित थिए । अतः भारत आई बडौदाको राज्यको राजकिय सेवामा सामेल हुने आमन्त्रण महाराजले दिए । श्रीअरविन्दले ६ वर्षसम्म वडौदा राज्यको विभिन्न पदमा बसेर सेवा गरे । यही कालखण्डमा उनले भारतीय आध्यात्मिक साहित्यको अध्ययन गरे । चारै तिर अङ्ग्रेजी शासनको विरुद्धमा देश भरी आन्दोलनहरु चलिरहेको थियो । गुजरातमा बाल गंगाधर तिलकलाई भेटेपछि तिलकको क्रान्तिकारी व्यक्तित्वबाट अरिवन्द धेरै प्रभावित भए । उनको हृदयमा स्वराज र देशको स्वतन्त्रताको उत्कण्ठा अझ प्रज्ज्वलित भयो ।   


लेलेले श्रीअरविन्दमा ठूलो आध्यात्मिक सम्भावना देखे र उनलाईलाई साधनामा प्रेरित गरे । तर श्रीअरविन्दले आफ्नो व्यस्त जीवनको कारण आफूलाई साधना गर्ने समय नभएको बताए । तर तीन दिनको भएपनि छुट्टी लिएर आफूसँग साधना सिक्न लेलेले पुनः आग्रह गरे । श्रीअरविन्द तीन दिनको विदा लिएर एकान्तमा साधना गर्न तयार भए । ध्यानको पहिलो चेष्टा मै श्रीअरविन्दलाई गहन आध्यात्मिक अनुभूति प्राप्त भयो । 


मृनालिनीसँग विवाह 

उनले आफ्नो विवाहको लागि बधुको खोज पत्रिकामा विज्ञापन दिएर गरेका थिए । हिन्दु परिवारकी कन्या हिन्दु रीतिरिवाजले विवाह गर्न इच्छुक बधु चाहिएको कुरा उनले सो विज्ञापनमा उल्लेख गरेका थिए । सन् १९०१ मा उनले १४ वर्षकी मृनालिनीलाई विवाह गरे । तर अरविन्दले आफूलाई राजनैतिक जीवनमा होमिदिएपछि परिवारिक जीवनले गति लिएन । अलिपुर जेलको रुपान्तरणकारी प्रवास पश्चात् श्री अरिवन्दको जीवनले अन्तर्मुखी मोड लियो । मृनालिनी आफ्ना पति श्रीअरविन्द प्रति पूर्णरुपले समर्पित रहिन् । वास्तवमा विवाह कै दिन श्रीअरिवन्दले सहधर्मिणी मृनालिनीलाई आफ्नो जीवनको लक्ष्यका बारेमा रोचक तर गहन यस्तो एक पत्र लेखेका छन्, “मेरा तीन पालगपन छन् । पहिलो, म यो गएजुग्रेको समाजको भाग भएपनि यदि मैले आफ्नो आराम या संग्रहको कुरा सोचे भने त्यो मेरो लागि चोरी, बेइमानी जस्तै एक घृणित कार्य हुनेछ । र्ईश्वरले जति दिएको छ, त्यसबाट केवल निर्वाह योग्य आफ्नो लागि, बाँकि सबै जनता जनार्दनलाई फर्काउन चाहान्छु । दोस्रो, मैले निश्चय गरेको छु कि म ईश्वर प्राप्त गरेर छोड्छु । आजको सम्प्रदायवादीहरुको आडम्बरहरुमा मेरो कुनै भरोसा छैन । तर मलाई पक्का निष्ठा छ कि ईश्वर छ, उसलाई एक सच्चा मनुष्यले मात्र प्राप्त गर्न सक्छ । म मार्ग तलाश गर्नेछु, र त्यसमा दृढसंकल्पले हिड्नेछु चाहे कति नै श्रम, समय र कष्ट भोग्नु परोस् । यो लक्ष्यलाई म प्राप्त गरेरै छाडनेछु । तेस्रो, आफ्नो देशलाई म आफ्नै माता जस्तो भावनाले पूज्न चाहान्छु ।” 

महायोगी श्रीअरविन्द

निर्विकल्प समाधिको प्रथम झलक
वडौदा प्रवास कै दौरानमा महाराष्ट्रका एक योगी विष्णु भाष्कर लेलेसँग उनको भेट भयो । शिवपुरीबाबाले भन्नुभएको छ कि लेलेलाई श्रीअरविन्द कहाँ साधना सिकाउन मैले पठाएको हुँ । लेलेले श्रीअरविन्दमा ठूलो आध्यात्मिक सम्भावना देखे र उनलाईलाई साधनामा प्रेरित गरे । तर श्रीअरविन्दले आफ्नो व्यस्त जीवनको कारण आफूलाई साधना गर्ने समय नभएको बताए । तर तीन दिनको भएपनि छुट्टी लिएर आफूसँग साधना सिक्न लेलेले पुनः आग्रह गरे । श्रीअरविन्द तीन दिनको विदा लिएर एकान्तमा साधना गर्न तयार भए । ध्यानको पहिलो चेष्टा मै श्रीअरविन्दलाई गहन आध्यात्मिक अनुभूति प्राप्त भयो । लेलेले उनलाई विचारको साक्षी हुन सिकाए । तीन दिन मै श्रीअरविन्दको चेतना सबै विषय र रागबाट मुक्त भयो उनले निर्विचार साक्षीको अनुभूति गरे । त्यसपछि श्रीअरविन्दलाई स्वयम् भित्रबाट अन्तर्आत्माको निर्देशन आउन थाल्यो । लेले उनको यो प्रगति देखेर आश्चर्यचकित भए । उनले श्रीअरविन्दलाई आफ्नो आध्यात्मिक रुपान्तरणको अघि देशको राजनीति एउटा सानो अशंमात्र हो भनी सम्झाउँदै आध्यात्ममा जीवनलाई समर्पित गरी जगत् कल्याणको बाटो रोज्ने सल्लाह दिए । तर भारतको भविष्यमाथि चिन्तित श्रीअरविन्द भारतले अंग्रेजहरुबाट स्वतन्त्रता प्राप्त नगरिञ्जेलसम्म आफू सकृय राजनीति छोड्नुलाई पलायन ठान्थे । अरविन्दले आफुलाई साधनामा पूर्णरुपेण समर्पित गर्न मानेनन् । लेलेले ‘तिम्रो अन्तर गुरु जागिसकेको छ अब तिमीलाई बाहिरी गुरुको आवश्यकता पर्दैन । अन्तर आवाजलाई कहिल्यै अवज्ञा नगर्नु’ भनेर सल्लाह दिए । 

जेल यात्रा र स्वामी विवेकानन्दसँग सम्पर्क
बडोदाको कार्य छोडेर बंगाल क्रान्तिकारी विद्रोहीको केन्द्रविन्दु भएकोले विद्रोह नेतृत्व गर्ने उद्देश्यले श्रीअरविन्द बंगाल नेशनल कलेज कोलकतामा प्रिन्सिपल भई आए । केही बंगाली नवयुवकहरुले मजफ्फरपुरमा जज किंग्स फोर्डमाथि बम हाने, जसमा दुई अंग्रेज महिलाको मृत्य भयो । यसमा आरोपी खुदीराम बोसले मृत्यदण्ड पाए । यही काण्डमा श्रीअरविन्द प्रेरक व्यक्ति हुन् भन्ने आरोप लगाइयो र ५ मई, १९०८ मा उनी सहित ३४ व्यक्तिहरुलाई गिरफ्तार गरियो र अरविन्दलाई अलिपुर जेलमा राखियो । त्यसबेला श्रीअरविन्दले क्रान्तिको ज्वाला फैलाएको भूमिकाको सरहाना गर्दै अर्का प्रखर क्रान्तिकारी सुवाष चन्द्र बोसले श्रीअरविन्दको पथ मेरो लागि अधिक प्रेरणादायी छ भनेर सम्झिएका छन् । 

गिरफ्तारीबाट श्रीअरविन्द शुरुमा आश्चर्यचकित र दुःखी भए । तर उनलाई अन्तःहृदयबाट आवाज आयो – ‘चिन्ता नगर, पर्ख र हेर ।’ श्रीअरविन्दलाई पाँच फिट चौडाई र नौ फिट लम्बाई भएको एकान्त काल कोठरीमा राखियो । गिरफ्तार हुनुभन्दा एक महिनाअघि ‘सारा प्रपञ्च र झन्झटबाट अलग भई एकान्तमा आऊ’ भन्ने आदेश प्राप्त भएको थियो । लेलेले पनि तिमीमाथि खतरा आएको देखिरहेको छु भनी चेताएका थिए । तर श्रीअरविन्द उनको कुरा मान्न तयार भएनन् । 


केही बंगाली नवयुवकहरुले मजफ्फरपुरमा जज किंग्स फोर्डमाथि बम हाने, जसमा दुई अंग्रेज महिलाको मृत्य भयो । यसमा आरोपी खुदीराम बोसले मृत्यदण्ड पाए । यही काण्डमा श्रीअरविन्द प्रेरक व्यक्ति हुन् भन्ने आरोप लगाइयो र ५ मई, १९०८ मा उनी सहित ३४ व्यक्तिहरुलाई गिरफ्तार गरियो र अरविन्दलाई अलिपुर जेलमा राखियो । त्यसबेला श्रीअरविन्दले क्रान्तिको ज्वाला फैलाएको भूमिकाको सरहाना गर्दै अर्का प्रखर क्रान्तिकारी सुवाष चन्द्र बोसले श्रीअरविन्दको पथ मेरो लागि अधिक प्रेरणादायी छ भनेर सम्झिएका छन् । 


स्वामी विवेकानन्दले आफूले शरीर छोड्नु भन्दा पहिलो ‘यो जगतमा जसले पनि आत्मबोधको लागि प्रयास गर्छ भने म शरीरमा रहूँ या नरहूँ म उसलाई उसलाई मद्दत गर्नेछु’ भन्ने बाचा दिएका थिए । स्वामी विवेकानन्दले शरीर छोडेको ६ वर्ष भइसकेको थियो । श्रीअरविन्दको ध्यानस्थ अवस्थामा स्वामी विकेकानन्दसँग सम्पर्क भयो र स्वामीजीको सशरीर दर्शन उनले आफ्नै कोठरीमा पाए । १२ दिनसम्म लगातार  श्रीअरविन्दले स्वामीजीबाट साधनाका मार्गदर्शनहरु प्राप्त गरे । स्वामी विवेकानन्दले – ‘तिम्रो कार्य क्षेत्र आध्यात्म हो भारतको मूल समस्या राजनीति होइन, यसको मुल समस्या आध्यात्मिक हो । भारत गुलाम छ, पिसिएको छ, यसको कारण आध्यात्मिक दरिद्रता र कातरता हो । तिमी भारतको आध्यात्मिक चेतना जगाउने कार्य गर । आध्यात्मिक जागृति नभई मूल समस्याको समाधान हुँदैन ।’ भनी सम्झाए । 

राजनैतिक क्रान्तिबाट अन्तर्क्रान्तितर्फ  

कालकोठरीको त्यो प्रवास उनको साधनाका लागि वरदान सवित भयो । एकान्त माहोलमा उनका गहनतम् सम्भावना र संस्कारहरु जागृत भए । त्यो मौन अवस्थामा जीवनले आफूलाई नयाँ संभावनाहरु तिर डो¥याएरहेको पाए । आफूलाई एक वर्ष जेलको एकान्त कोठरीमाराखी गहन साधना गर्ने मौका प्रदान गरेकोमा श्रीअरविन्दको मनमा अंग्रेजहरुलाई जीवनभरी धन्यवाद भाव रहिरह्यो । उनको अन्तर्चेतना अतिसंवेदनशील भयो । उनमा अनेक रहस्यमय अनुभूतिहरु हुन थाले । एकपटक आफ्नै कोठरी अघि रहेका कदमको वृक्षमुनी उनले श्रीकृष्णको दर्शन पाए । श्रीकृष्णबाट उनले रहस्यमय आदेश पाए – ‘तिमी राजनीति र व्रmान्तिका कुरा छोडेर शुद्ध आध्यात्ममा लाग । भारतको स्वतन्त्रताको जिम्मेवारी मैले लिएँ । यो उद्देश्यको लागि उपयुक्त व्यक्ति आइसकेको छ ।’ उहाँको इशारा गान्धीतिर थियो । ‘त्यो व्यक्तिलाई पनि तिम्रो सहयोग र साधनाको शक्ति चाहिन्छ ।’ श्रीकृष्णले अझ आश्वस्त बनाउदै श्रीअरविन्दलाई भन्नुभयो – ममाथि पूर्णविश्वास गर ।

भारतको स्वतन्त्रता म तिमीलाई तिम्रो जन्मदिनको उपहारको रुपमा प्रदान गर्नेछु ।’ श्रीकृष्णको कृपाले एकवर्ष भित्रै श्रीअरविन्द जेलबाट छुटे । श्रीअरविन्दलाई भित्रबाट ब्रिटिश भारत छोड्ने आदेश प्राप्त भयो र त्यससँगै स्वामी विवेकानन्दकी शिष्या भगिनी निवेदिताले यस्तै सन्देश प्राप्त भएको कुरा बताइन् । भगिनी निवेदितालाई आफ्नो अन्तर्मनमा स्वामी विवेकानन्दले पठाएका सन्देशहरु प्राप्त हुन्थे । राजनीतिको पनि गहिरो नशा हुँदोरहेछ । तर श्रीअरविन्दको नियतिले उनलाई अर्कै बाटोमा अघि बढ्ने तारतम्य मिलाइरहेको थियो । अब उनले राजनीतिलाई छोडेर पूर्णरुपेण साधनामा समर्पित भएनन् भने फेरि जेल या फाँसीसम्म हुनसक्छ भन्ने स्वामीजीबाट प्राप्त भएको सन्देश भगिनी निवेदिताले श्रीअरविन्दलाई सुनाइन् र ब्रिटिश भारतबाट बाहिर गएर आफ्नो साधना गर्ने सल्लाह दिइन् । ४ अप्रेल १९१० मा श्रीअरविन्द फ्रान्स प्रशासित पोण्डेचरी आइपुगे र १९५० सम्म त्यहीँप्रवास गरे । जीवनका २६ वर्ष उनी एउटै कोठामा मौन साधनारत भए । त्यहाँबाट कतै पनि निस्किएनन् ।  पुरातनकालमा शिवका अनन्य शिष्य अगस्टय मुनीले पाण्डिचरी मै बसेर आध्यात्मको ज्योति फैलाएका थिए । उत्तर भारतबाट फेरि ठूलो योगी आउँदैछ र उसले भारतको राष्ट्रिय गौरवलाई जगाउने महान कार्यको सुरुआत गर्नेछ भन्ने कुरा दक्षिण भारतका सन्तहरुलाई थाहा भइरहेको थियो । 

नयाँ जीवनको सरुवात
पोण्डीचरीका प्रारम्भका दिनहरु कष्टकर थिए । श्रीअरविन्द शुरुआतका दिनमा दुई कोठाको सानो घरमा ४ शिष्यका साथ बसे । ती दिनहरु चरम आर्थिक अभाव र गरिबीका थिए । घरमा बत्ती थिएन र प्रत्येक दिन दुई मैनबत्ती किनिन्थ्यो । एक श्रीअरविन्दलाई लेखपढ गर्न दिइन्थ्यो र अर्को आश्रमको सबै कार्य गर्न उपलब्ध हुन्थ्यो । बाहिरको नलमा नुहाउन पथ्र्यो । पुरै आश्रममा एउटा मात्रै तौलिया थियो । आश्रमसँग पैसै थिएन । आश्रममा वाथरुम पनि थिएन । सार्वजानिक वाथरुममा जानु पथ्र्यो । आश्रममा श्रीअरविन्दले नुहाई सकेपछि मात्र अरु आश्रमवासीहरुले त्यही तौलिया प्रयोग गर्थे ।

सन् १९१२ मा श्रीअरविन्दले आफ्ना कोलकाताका मित्र मोतिलाल रोयलाई आर्थिक समस्याले आजित भएर यस्तो अत्यन्त मार्मिक पत्र पठाए – ‘आश्रमममा अहिले जम्मा आठ आनामात्र बाँकी छ र सातजना आश्रित छन् । आजको छाक त टारिएला तर भोलि के हुन्छ थाह छैन । हामीलाई सहयोग गर्ने यहाँ कोही पनि छैन । त्यसैले जसरी भएपनि ५० रुपैयाँ तुरुन्त पठाउनु र यसका लागि शारीरिक, मानसिक, आध्यात्मिक सबै शक्तिको प्रयोग गरे पनि हुन्छ । हुन त हामीलाई विश्वास छ भगवान्ले हामीलाई हेर्छन् नै तर भगवान्को अन्त्यसम्म कुराएर परिक्षा लिने अन्यन्त पुरानो नराम्रो बानी छ ।’


उनले राजनीतिलाई छोडेर पूर्णरुपेण साधनामा समर्पित भएनन् भने फेरि जेल या फाँसीसम्म हुनसक्छ भन्ने स्वामीजीबाट प्राप्त भएको सन्देश भगिनी निवेदिताले श्रीअरविन्दलाई सुनाइन् र ब्रिटिश भारतबाट बाहिर गएर आफ्नो साधना गर्ने सल्लाह दिइन् । ४ अप्रेल १९१० मा श्रीअरविन्द फ्रान्स प्रशासित पोण्डेचरी आइपुगे र १९५० सम्म त्यहीँप्रवास गरे । जीवनका २६ वर्ष उनी एउटै कोठामा मौन साधनारत भए । त्यहाँबाट कतै पनि निस्किएनन् ।  


औरभिलको कल्पना

सन् १९१४ मा एक फ्रान्सेली अभिजात्य जोडी पौल र मीरा रिसर्ड पोण्डीचरी आइपुगे । श्रीअरविन्दलाई प्रथम पटक देख्ने वित्तिकै मीरालाई सानैदेखि आफ्नो ध्यानमा देखिरहने रहस्यमय ऋषि श्रीअरविन्द नै हुन भन्ने बोध भयो । उनले श्रीअरविन्दको उपस्थितिमा आनन्द, कृतज्ञता साथै भक्तिको ज्वार महसुस गर्थिन् । प्रत्येक आइतबार रिसर्ड दम्पतीले आश्रमवासीलाई सन्ध्याको भोजनमा बोलाउँथे । यही साँझ सबैले पेटभरी मिठो भोजन र उत्कृष्ट फ्रान्सेली वाइन पिउन पाउँथे । पाश्चात्य संस्कृतिमा हुर्केका श्रीअरविन्द शुरुमा मांसाहारी थिए र उपलब्ध भयो भने मदिरापान पनि गर्थे । पछि साधनामा यसले व्यवधान हुनेदेखि यो दुबै सेवन गर्न छोडे । 

युरोपमा प्रथम विश्व युद्ध शुरु भयो र रिसर्डलाई फ्रान्स फर्किनु पर्ने भयो तर मीरालाई श्रीअरविन्दलाई छोडेर जाने मनै थिएन । श्रीअरविन्दले मीरालाई सम्झाए, ‘अहिले तिमीभित्र केही सांसारिक इच्छाहरु बाँकी छन् त्यसको निर्जरा गरिसके पछि परिवक्व भएर मात्र फर्कनु ।’  

सन् १९२० मा २४ अप्रिलका दिन आफ्ना पतिसँग सम्बन्धविच्छेद गरी सधैँका लागि मीरा पोण्डिचरी आइन् । श्रीअरविन्दले उनलाई मदर (माता) भनेर सम्बोधित गर्न शुरु गरे । श्रीअरविन्द अन्तरमुखी ज्ञानयोगी थिए भने मदर अत्यन्त उच्चमत् आध्ंयात्मिक गुणहरुले भरिएकी कर्मठ कर्मयोगी थिइन् । श्रीअरविन्दले भनेका छन्, ‘मदर र म, हामी दुबैमा एउटै दिव्य चेतना दुई रुपमा देहबद्ध भएको छ ।’ ४० वर्षको पोण्डिचरी प्रवासमा अधिकांश समय श्रीअरविन्दो आफ्नो आश्रमबाट बाहिर निस्किएनन् र जीवनका अन्तिम २६ वर्ष आश्रमका सबै कार्यभार मीरालाई सुम्पेर उनले कसैलाई भेटेनन् र आफ्नो कोठाबाट बाहिर निस्किएनन् । तर मीरामा भक्ति तथा समर्पण गुणको गहनता थियो जसले गर्दा श्रीअरविन्द भन्दा पहिला नै मीराले सम्बोधि प्राप्त गरिन् । समर्पणले गर्दा शिष्य गुरुभन्दा पहिले सम्बुद्ध भइन् । तर त्यसपछि पनि श्रीअरविन्दलाई उनी आफ्नो गुरु मान्थिन् । श्रीअरिवन्द र मीराको पार्थिव शरीरलाई एउटै समाधिमा राखिएको छ ।

ओशोले भन्नुभएको छ – गान्धीजीको सफलताको पछाडि श्रीअरविन्द र रामकृष्ण मठका केही उच्च साधकहरुको साधनाको तेजोवलले काम गरिरहेको थियो । द्वितिय विश्वयुद्धमा अरु क्षति हुन नदिन र भारतको स्वतन्त्रताको लागि श्रीअरविन्दले आफ्नो आध्यात्मिक तेजोवलको उपयोग गरे । यो रहस्यमय कुरा ओशोले आफ्ना प्रवचनहरुमा ठाउँठाउँमा भन्नुभएको छ ।  

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि स्वतन्त्रता संग्राममा लडेका सबै भारतीय राजनेताहरुले श्रीअरविन्दको विद्वता, साद्गी, साधना र स्वाधिनताप्रतिको उहाँको आदार देखेर भारतको प्रथम राष्ट्रपति हुन आग्रह गरे । तर श्रीअरविन्दले यसलाई अस्विकार गरे। उनको वक्तत्व रेकर्ड गर्न अलइण्डिया रेडियोको टिम पोण्डिचरीमा आयो । भारतको स्वतन्त्रताले अन्य राष्ट्रहरुलाई स्वाधिन बन्न ठूलो प्रेरणा दिनेछ भन्ने धारणाश्री अरविन्दले राखे । यो विश्व इतिहासको एक अद्भूत घटना हो भन्दै उनले भने– म आध्यात्मिक जागरणद्वारा नै राष्ट्रको र विश्वको सेवामासमर्पित रहनेछु ।

विश्वभरीका साधकका लागि बुद्धक्षेत्र
श्रीअरविन्द र मदरको विश्वभरीका साधकहरुलाई आमन्त्रण गरेर एक आध्यात्मिक शहर बनाउने अद्भूत परिकल्पना छ । यो परिकल्पनामा विश्वभरीका ५० हजार आध्यात्ममा उत्सुक साधकहरुको एउटा शहर बसोस् जुन प्रथम पटक एक विश्व शहर बनोस् । सबै देशका कला, संस्कृति, धर्मको त्यहाँ प्रतिनिधित्व होस् र त्यहाँ व्यक्ति जातिय, राष्ट्रिय र धर्मको सीमाबाट मुक्त भएर बसुदैव कुटुम्बकम्को उच्च आर्दशमा बसून् । पोण्डिचरीबाट २० किमी टाढा औरविलमा अहिले विश्वभरीका ५८ राष्ट्रबाट करिब ४ हजार साधकहरु स्थायी रुपमा बस्छन् । 

जसरी श्रीअरविन्दको भारत स्तन्त्रता गर्ने अठोट थियो त्यस्तै प्रकृतिले सम्पन्न नेपाललाई आफ्नो राजनैतिक असझदारी र अहंकारको झै–झगडाले दरिद्र बनाइराखेको पीडाले मलाई व्यथित बनाइरहन्छ । सबै स्रोत, शक्ति र जाँगर भएपनि राजनैतिक नेतृत्वमा जनता र देशप्रतिको समर्पणभावको कमी तथा निजीस्वार्थपूर्तिका लागि देश र जनताप्रतिको असंवेदनशीलता र अपरिपक्वताले हाम्रो देशपनि गरिबीको भूँमरीमा फसेको छ । तर मेरो क्षेत्र राजनैतिक नभएकोले मैले आफ्नो ध्यान, साधना र तपस्याबाट गरिबीको अक्टोपसिय जकडनबाट नेपाललाई निकाल्ने दिशामा साधना गर्नुछ । यही प्रेरणा श्रीअरिबिन्दको जीवनबाट पाइरहेको छु । र मेरो गुरुको पनि मेरा लागि यही आदेश छ । 

धेरै पटक मैले औरविलको भ्रमण गरेको छु र त्यहाँ बसेको छु । त्यसको विश्व बन्धुत्वको परिकल्पना र सामूहिक साधना स्थलीको निर्माणको दर्शनले मलाई युवाकाल देखि नै धेरै प्रेरणा दिएको थियो । ओशो तपोवन बनाउने परिकल्पनाको बीजारोपण पनि औरभिल मै भएको हो । हाल ओशो तपोवनले विश्वभरीका साधकहरुलाई साधना गराई जीवनमा विधायतकताको जुन अङ्कुर हुर्काएको छ त्यसको बीज वास्तवमा औरविल परिकल्पनामा आधारित छ । युवा अवस्था देखि औरभिलको भ्रमण गर्दा मलाई प्रेरणा मिल्थ्यो र लाग्थ्यो कि यदि सक्षम भएँ भने म नेपालमा पनि यस्तै अन्तर्राष्ट्रिय गाउँ बनाउने छु जहाँ सबै राष्ट्र, जाति, धर्मका व्यक्तिहरु प्रेमपूर्वक ढंगले बस्न सकून ।

ओशोले विश्व शान्तिका लागि सामूहिक प्रवास तथा साधनाको कम्युनको निर्माण गर्नुभयो । सन् १९८१ माअमेरिकाको ओरेगन राज्यमा रजनीशपुरम्मा नामको शहरमा संसारभरीका १ लाख साधकहरु बसाउने योजना थियो र तीन वर्षभित्र ५ हजार साधक विश्वभरीबाट स्थाथीरुपमा बस्न आइसकेका थिए । आज ओशो तपोवनमा पनि प्रत्येक वर्ष ८० राष्ट्रका साधकहरु महिनौं बस्छन् र साधना गरिरहेका छन् । 


जसरी श्रीअरविन्दको भारत स्तन्त्रता गर्ने अठोट थियो त्यस्तै प्रकृतिले सम्पन्न नेपाललाई आफ्नो राजनैतिक असझदारी र अहंकारको झै–झगडाले दरिद्र बनाइराखेको पीडाले मलाई व्यथित बनाइरहन्छ । सबै स्रोत, शक्ति र जाँगर भएपनि राजनैतिक नेतृत्वमा जनता र देशप्रतिको समर्पणभावको कमी तथा निजीस्वार्थपूर्तिका लागि देश र जनताप्रतिको असंवेदनशीलता र अपरिपक्वताले हाम्रो देशपनि गरिबीको भूँमरीमा फसेको छ । तर मेरो क्षेत्र राजनैतिक नभएकोले मैले आफ्नो ध्यान, साधना र तपस्याबाट गरिबीको अक्टोपसिय जकडनबाट नेपाललाई निकाल्ने दिशामा साधना गर्नुछ । 


श्रीअरविन्दको भारतका सबै मुर्धन्य राजनैतिक व्यक्तिहरुसँग गहिरो सम्बन्ध भएकाले औरभिल भारत सरकारले सहायता र प्रोत्साहन गरेको आयोजना बन्नगयो, जसलाई युनेस्को र फ्रान्सेली सरकारले पनि मान्यता दिएको छ र सबै प्रकारको सहयोग गर्दै आएको छ । औरविलमा आएर बस्ने व्यक्तिलाई भारत सरकारले निशुल्क स्थायी बसोवासको अनुमति दिन्छ र भावनात्मक प्रतीकको रुपमा आर्थिक सहयोग पनि गर्छ । विश्वभरीबाट औरविल हेर्न लाखौं पर्यटक प्रत्येक वर्ष आउँछन् । नेपालमा पनि यस्ता केही अन्तर्राष्ट्रिय आध्यात्मिक गाउँ बसाउने हाम्रो पनि सपना छ जहाँ विश्वभरीका साधक जातिय, धार्मिक र राष्ट्रिय सीमा छोडेर एक विश्वपरिवार बनाएर बस्न सकून् । यो परिकल्पनाले मूर्तरुप लिन सक्यो भने यसले नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढनेछ र साथै नेपालको आध्यात्मिक, आर्थिक र पर्यटकिय विकासमा ठूलो सहयोग पु¥याउनेछ ।     

नेपाल सरकारले यो परिकल्पनालाई सहयोग ग¥यो भने लगभग ८० राष्ट्रका व्यक्ति यहाँ आएर बस्न अहिल्यै नै तयार छन् । यो परिकल्पनालाई मूर्तरुप दिन र नेपालको ओशोका कम्युनहरुलाई अन्तर्राष्ट्रिय आध्यात्मिक गाउँ बनाउनमा हामी अनवरत प्रयासमा लागिरहेका छौं । प्रत्येक चेतनशील प्रबुद्ध नागरिक र नेपाल सरकारलाई यस पवित्र सुन्दर परिकल्पनालाई बुझिदिन र यसलाई मूर्तरुप दिन सहयोगलागि हार्दिक अनुरोध गर्दछु । श्रीअरविन्दको पावन जन्म दिनमा यस्ता महान योगी र उनको सुन्दर परिकल्पनालाई मेरो हार्दिक नमन । 

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी आनन्द अरुण
स्वामी आनन्द अरुण
लेखकबाट थप