मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ३१ साउन २०७७, ०९ : ४९
शनिबार, ३१ साउन २०७७

वीरगञ्ज –वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च  अदालतका खरिदार सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्घ पुरुष रहेका छन् । 

नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् । 

वीरगन्ज बसर्पाकमा रहेको हिमाल भान्सा घर होटलमा कार्यरत ३५ बर्षीय १ जना कर्मचारी, वीरगन्ज हेल्थ केयर अस्पतालका २ जना कर्मचारी, वयोधा अस्पतालको १ जना कर्मचारी र वयोधा अस्पतालमा रहेको खाजा घरका १ जना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ बर्षका उप प्रबन्धक समेत संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी  वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको जितपुरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकका २८ बर्षका १ जना कर्मचारी रहेका छन् । बारा जिल्ला कलैया वडा नम्बर १२ का ४१ वर्षीय महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन २६ गते देखि ३० गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २३ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप