शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेका ८ जना पक्राउ

शनिबार, ३१ साउन २०७७, १० : ४१
शनिबार, ३१ साउन २०७७

कैलाली – कैलालीबाट जुवा खेलीरहेको अबस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

लम्की चुहानगरपालिका–१ स्थित बषपार्कमा रहेको दिपावली होटल एण्ड लजबाट तास खेलिरहेको अबस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ बस्ने,बर्ष ३२ को रामराज जैसी, ३६ को लक्षमण बुढाथोकी ,३३ को जिबन अधिकारी, ३० को धमिन्द्र रावल, २० को पबन थापा छन् । 

त्यसैगरी २ बस्ने बर्ष ३३ को प्रकाश शाही, ४ बस्ने बर्ष ३३ कै पुरन बिक, र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए । 

शुक्रबार ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले जुवाखेलिरहेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई ८१ हजार र तासको गड्डी समेत उनीहरुबाट बरामद गरी अनुसन्धान भईरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप