शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

शनिबार, ३१ साउन २०७७, १७ : ०५
शनिबार, ३१ साउन २०७७

बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप