शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगलबारदेखि सुरु हुँदैछ अमेरिका–दक्षिण कोरियाको सझा युद्धाभ्यास

आइतबार, ३२ साउन २०७७, १२ : ३७
आइतबार, ३२ साउन २०७७

दुई दिन ढिला गरी अमेरिका र दक्षिण कोरियाली सेनाको साझा युद्धाभ्यास मंगलबारदेखि सुरु हुँदैछ ।

स्थानीय मिडियाका अनुसार दक्षिण कोरियाली सेनाका अधिकारी कोरोना संक्रमित पाइएपछि वार्षिक रुपमा हुने यो युद्धाभ्यास दुई दिन ढिलो गरिएको हो ।

दक्षिण कोरियाको ज्वाइन्ट चीफ अफ स्टाफले आइतबार ‘कोभिड–१९ को स्थितीलाई ध्यानमा राख्दै’ युद्धाभ्यास मंगलबारदेखि सुरु गरिने जानकारी दिए ।

सामाचार एजेन्सी योनह्यापका अनुसार यो प्रशिक्षण आइतबार सुरु गरिने कार्यक्रम थियो तर शुक्रबार यसमा भाग लिने एक सैनिकको कोरोना परीक्षण पोजेटिभ आएपछि यसको मिति सारिएको हो ।

यो साझा युद्धाभ्यासलाई दक्षिण कोरियाको छिमेकी देश उत्तर कोरियाले  ‘युद्धको लागि तयार भएको स्थिती’ को रुपमा हेर्ने गर्छ र यसमाथि नजिकबाट निगरानी राख्छ । हालैका वर्षमा उत्तर कोरियाको परमाणु कार्यक्रममा रोक लगाउने विषयमा अमेरिकासँग चलिरहेको कुराकानीलाई मद्देनजर गदै साझा युद्धाभ्यास कम गरिएको थियो ।

कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धका कारण २८ अगस्टसम्म चल्ने यो वर्षको प्रशिक्षणको आयोजना भव्य रुपमा हुने छैन । यसमा अमेरिकामा तैनाथ सैनिकले भने भाग लिने छैनन् ।

एक बयान जारी गरेर सेना प्रमुखले यो वर्ष ‘कम्बाइन्ड डिफेसन्स पोश्चर’ मा ध्यान दिइने र युद्धको क्रममा सञ्चालनको अभ्यास कोरियाली प्रायद्वीपमाथि ‘आशिंक रुपमा ’ गरिने जानकारी दिएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप