बुटवलमा लकडाउन : कतै सुनसान, कतै थामी नसक्नुको भीड (फोटोफिचर )
कोरोनाभाइरस संक्रमणको महामारीबाट जोगिन रुपन्देहीको बुटवल उपमहागरपालिकामा लकडाउन गरिएको छ।
साउन २९ गते एक सूचना जारी गर्दै उपमहानगरपालिकाले जारी गरेको लकडाउने प्रदेश ५ को अस्थायी राजधानी बुटवलका अधिकांश स्थान सुनसान बनेको छ । नगरपालिका तोकेको समय बाहेक पसलहरु बन्द छन् । जरुरी बाहेकाका सवारीसाधन पनि चलेका छैनन् । बसपार्क सुनसान छ भने राजमार्गमा पनि निकै कम गाडी चलेका छन् ।
केही ठाउँमा केही ठाउँमा थामिनसक्नु भीड देखिएको छ ।
खासगरी बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा थामिनसक्नुको भिडभाड देखिएको छ । काठमाडौँको कालिकाटी कृषि बजारपछि संरचना र कारोवार हिसावले नेपालको दोस्रो ठूलो तरकारी बजार मानिने बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा सोमबार बिहान निकै भीडभाड देखिन्थ्यो । भिडभाडले स्थानीयहरु त्रासित बनेका छन् । स्थानीय बावुलाल खनालले कृषि उपज केन्द्रको भिडभाडले आफूहरुमा त्रास फैलाएको रातोपाटीलाई बताए ।
बुटवल कृषि उपज केन्द्रमा दैनिक ७–८ बटा गाडी लकडाउनको बेलामा समेत भारतबाट आउने गरेका छन् । आलु, प्याज र फलफूल लिएर भारतबाट गाडी आउने गरेको कृषि उपज केन्द्रका व्यवस्थापक राम बहादुर खत्रीले बताए ।उनले उपभोक्ताहरु अटेरी भएका कारण समस्या भएको बताए ।






















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण