बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : फेरि सुनसान देखिन थाले काठमाडौँका सडक (फोटोफिचर)

सोमबार, ०१ भदौ २०७७, १३ : ५१
सोमबार, ०१ भदौ २०७७

राजधानी काठमाडौँमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ । हरेक दिन कम्तिमा सय जना नयाँ संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा थपिरहेका छन् ।

संक्रमण फैलिदा जाँदा खुकुलो बनाइएको लकडाउनमाथि विभिन्न प्रतिबन्धहरु थप गरिएका छन् । पूर्णरुपमा लकडाउन नगरिए पनि संक्रमण देखिएको स्थानलाई शिल गर्नेदेखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ शुरु गरिएको छ ।

प्रशासनले भीडभाडलाई कम गर्नका लागि प्रतिबन्धका नियमहरुलाई कडाइ साथ लागू गर्न थालेका छन् । यसको असर प्रष्टरुपमा काठमाडौँका सडकहरुमा देख्न सकिन्छ । मानिसहरु भने अनावश्यकरुपमा घर बाहिर निस्कन छाडेका छन् । त्यसैले केही दिनअघिसम्म भरिभराउ देखिने काठमाडौँको सडकहरु सुनसान देखिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप