बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबद्वारा मस्जिदको उच्च भूमिकामा १० जना महिलालाई नियुक्त

सोमबार, ०१ भदौ २०७७, १९ : ४६
सोमबार, ०१ भदौ २०७७

एजेन्सी । साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ ।  इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय उसमाथि महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिला रोजगारी बढाउन खोजेको छ ।

इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति विरलै भएपनि राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको देखिन्छ । 

मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई पवित्र मस्जीदका उच्च अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  उक्त नियुक्ति ‘उच्च योग्यता र क्षमतासहितको साउदी महिलाको सशक्तीकरण’ का लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन् । 

उक्त मस्जीदहरूमा यस पहिले सन् २०१८ मा पनि विभिन्न ४१ महिलालाई जिम्मेवारी दिइएको थियो तर अहिलेका अधिकांश नियुक्ति त्योभन्दा उच्च पदका लागि अरबी सञ्चारमाध्यमहरूले जनाएका छन् । राजकुमार मोहम्मदले आफ्नो ‘भिजन २०३०’ योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेका देखिन्छ । उनले राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको बताउँदै आएका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको संख्या दश ३० हजार अर्थात् ३५ प्रतिशत पुगेको छ । सन् २०१५मा यो सङ्ख्या आठ लाख १६ हजार रहेको थियो ।  राजकुमारका अन्य सुधारमा राज्यमा महिलालाई अब कार चलाउन अनुमति छ । सिनेमा घर फेरि खुलेका छन् र संगीतकारहरूलाई कन्सर्टसहित सार्वजनिक स्थानहरूमा महिलासँग भेटघाट गर्न अनुमति दिइएको छ । तर अभियानको आलोचना भने नभएको होइन ।

सरकारको आलोचना गर्ने एक दर्जनभन्दा बढी महिला अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरूले सरकारी अधिकारीबाट हुने व्यापक धरपकडबीच पनि लामो समयदेखि गाडी चलाउने अधिकारको लागि अभियान चलाउँदै आएका थिए । केही अधिकारकर्मीले आफूहरूलाई यातना दिएर यौन उत्पीडन गरिएको आरोप लगाउने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप