बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगनाको कटाक्षमा अब आमिर खान

मङ्गलबार, ०२ भदौ २०७७, ०८ : ५१
मङ्गलबार, ०२ भदौ २०७७

बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् ।

कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु भएतापनि सन्तानले भने इस्लामको पालना गर्नुपर्ने बताएका छन् । कंगना रनौतको टिमले अन्तरवार्ताको लिंक सेयर गरेर आमिर खानको धर्मनिरपेक्षतामाथि प्रश्न उठाएका छन् ।

कंगनाको टिमले ट्वीटरमा लेखेको छ, ‘हिन्दू+मुस्लिम= मुस्लिम । यो त कट्टरपन्थी हो । विवाहको परिणाम जीन वा संस्कृतिको मिश्रण मात्रै नभई धर्मको पनि हो । आफ्ना सन्तानलाई अल्लाहको उपासना पनि सिकाउनुहोस् र श्रीकृष्णको भक्ति पनि, यही धर्म निरपेक्षता हो नि ? ’

स्मरण रहोस्, कंगना रनौतकी आमाले हालै मनालीमा आफ्नो घरमा आफ्नी छोरीको सुरक्षा र कल्याणका लागि पूजाको आयोजना गरेकी थिइन् । कंगना रनौतको समूहले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी थिइन् जसमा उनलाई आफ्नी आमासँग पूजा गरिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप