मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएका दर्शक अब आमिर खानको नयाँ फिल्मलाई सर्वाधिक मन नपराइएको भिडियो बनाउन इच्छुक

मङ्गलबार, ०२ भदौ २०७७, ०९ : ५१
मङ्गलबार, ०२ भदौ २०७७

बलिउड नायक आमिर खान र टर्कीकी फर्स्ट लेडीबीच शनिबार भएको भेटघाट पश्चात् सप्ताहन्तमा आमिर खान र एर्दोगान ट्वीटरको टप ट्रेन्डमा पर्न सफल भए । यी दुईबीचको भेटले प्रशंसकबीच राम्रो छाप छोड्न सकेन जसका कारण आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ सोमबार ट्वीटरको शीर्ष ट्रेन्डमा पर्न सफल भयो ।

भारत र टर्कीबीचको सम्बन्ध तनावग्रस्त भइरहेका बेला खान र एर्दोगानबीच भेट हुँदा थुप्रै प्रशंसकले सोमबार आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

खानसँग निराश भएका थुप्रै प्रशंसकले अन्य मानिसहरुलाई आमिर खानको नयाँ फिल्मको ट्रेलर सार्वजनिक भएपछि डिसलाइक बटन थिच्न तयार भएर बस्न आग्रह गरेका छन् ।

यद्यपि, कति प्रशंसकले भने आमिर खानले टर्कीकी फर्ट लेडीलाई भेट्नुलाई सकारात्मक तरिकाले पनि हेरेका छन् ।

टर्कीको राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटका अनुसार फर्ट लेडी एमाइन एर्दोगानले आमिरलाई इस्तानबुलको हुबेर म्यानसनस्थित राष्ट्रपति निवासमा शनिबार भारतको ७४ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भेटेकी हुन् ।

फर्स्ट लेडीले आमिर खानसँगको तीनवटा फोटो ट्वीटरमा पोस्ट गरेर फिल्म लाल सिंह चड्डा टर्कीको विभिन्न स्थानमा छायांकनपश्चात् सम्पन्न हुने जानकारी दिएकी छिन् ।

कोभिड–१९ का कारण भारतमा फिल्म समापन गर्न नसकिने भएपछि खान गत हप्ता टर्की पुगेका थिए । आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ सन् १९९५ मा रिलिज भएको टम ह्याङ्क्सको फिल्म ‘फरेस्ट गम्प’ को अफिसियल रिमेक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप