बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओको दाबीः अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाखसम्म पुग्ने

बुधबार, ०३ भदौ २०७७, ०६ : १३
बुधबार, ०३ भदौ २०७७

कोरोनाभाइरस संक्रमणको विषयमा मंगलबार संसारभरीका केही खबर यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

– फ्रान्सले धेरै कर्मचारी भएका कार्यालयमा मास्कको अनिवार्य प्रयोगको घोषणा गरेको छ । यो प्रावधान सेप्टेम्बरदेखि लागू हुनेछ ।

– विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै २० देखि ४० वर्षका युवाले कोरोनाको संक्रमण संसारभरी फैलाइरहेको जानकारी दिएका छन् । उनीहरुले सतर्कता अपनाउनुपर्ने पनि डब्ल्यूएचओको निर्क्योल छ ।

– डब्ल्यूएचओका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोढ १५ लाखसम्म पुग्नेछ भने यतिबेला चार लाखको मृत्यु पनि हुनेछ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५६ लाख बढी कोरोना संक्रमित रहेका छन् भने १ लाख ७४ हजारको मृत्यु भइसकेको छ ।

–जर्मनीकी चान्सलर एंगेला मर्केलले पछिल्ला तीन हप्तामा कोरोना संक्रमितको संख्यामा दोब्बरको वृद्धिलाई मध्यनजर गर्दै अब लकडाउनको प्रवाधानमा छुट नदिइने बताएकी छिन् ।

– चीनको फर्मास्यूटिकल कम्पनी सिनोफार्मले वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन तयार गर्ने आशा व्यक्त गरेको छ ।

स्रोतः बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप