शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फूलको थुंगा बहेर गयो..., अलबिदा राष्ट्रकवि ! (फोटोफिचर)

बुधबार, ०३ भदौ २०७७, १० : ४५
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् । 

यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल बुधबार बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिएका छन् ।

घिमिरेको १०२ बर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो । 

घिमिरेको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ । राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रको एक धरोहर गुमाउनु परेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप