बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अछाममा बाढी: ६ जनाको शव फेला, ११ बेपत्ता (बेपत्ताको सूचीसहित)

बुधबार, ०३ भदौ २०७७, १४ : २८
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ११ जना बेपत्ता छन् । बाढीले बगाएर बेपत्ता बनाएका १७ मध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्रसिंह थापाले जानकारी दिए । मृतक ३ महिला र ३ जना पुरुष छन् ।

बेपत्ताको पहिचान खुलेको छ । रामारोशन गाउँपालिका–७ मा २२ घर बाढीले बगाएको थियो । घटनास्थलबाट करिब ७ घण्टा पैदल जानुपर्ने ठाउँमा शव फेला परेको हुनाले मृतकको पहिचान खुलाउन समस्या भएको छ । 

हेलिकप्टरबाट घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र  डिएसपी योगेन्द्रसिंह थापा सहितका जिल्ला उच्च अधिकारी पुगेका छन् ।  मृतक ६ जनामध्ये १२ वर्षीय किशोर नविन साउदको मात्रै सनाखत भएको डिएसपी थापाले बताए । रामारोशनका स्थानीयले शव हेरेपछि मात्रै अन्य पाँचजना मृतकको पहिचान खुल्ने बताइएको छ । 

बाढीले बगाएर बेपत्ता बनाएकाको सूची यस्तो छ: 

१.नन्द साउद, ४७ वर्ष 
२.गंगा साउद, ४५ वर्ष 
३. रुपेश साउद, १७ वर्ष 
४.नविन साउद, १२ वर्ष (मृत्यु) 
५. नाम नखुेलेकी किशोरी, १८ वर्ष
६. प्राप्ति साउद, ३ वर्ष 
७. जोगा साउद, ५५ वर्ष 
८.अमर शाह, ४५ वर्ष 
९.पवित्रा शाह, ४६ वर्ष 
१०. समिर शाह, ४ वर्ष  
११. संझना शाह, ३५ बर्ष 
१२. गौरी शाह, २५ बर्ष 
१३. चन्द्र साउद, ४८ बर्ष 
१४.बसु साउद, ४५ बर्ष 
१५. लालसरा साउद, ४५ बर्ष 
१६.बसन्त शाही, ९ बर्ष 
१७. नाम नखुलेको, १७ बर्ष । 

बेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव फेला परेको हुनसक्ने डिएसपी थापाले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप