बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीशहरमा

बुधबार, ०३ भदौ २०७७, १६ : ५१
बुधबार, ०३ भदौ २०७७

लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले  भाद्र १ सोमबार लमजुङको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को.ले.नि.का.लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरे । 

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमी सुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप