शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनैतिक सम्बन्धका कारण सुनसरीमा युवकको हत्या

बिहीबार, ०४ भदौ २०७७, ११ : ५४
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो । 

गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । 

हत्यामा संलग्न दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दीपक कुमार यादव र प्रदीप रामलाई प्रहरीले क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।  

धानखेतमा ‘रगत जस्तो पदार्थ’ देखिएको स्थानीयको सूचना फलो गर्दै जाँदा सुनसरी खोलामा बोरामा ढुंगासहित प्याक गरेर फालेको अवस्थामा गुणराजको शव भेटिएको प्रहरीको भनाइ छ ।           

अनुसन्धानको क्रममा व्यक्तिगत सम्बन्ध र मृतकको स्वभाव विष्लेषणपछि प्रहरी हत्यामा संलग्न अभियुक्तसम्म पुग्न सफल भएको हो । 

अनैतिक सम्बन्ध

चारित्रिक रुपमा कमजोर गुणराजको सोही कमजोरीका कारण ज्यान गयो । धेरै जनासँग प्रेम गर्ने स्वाभावका गुणराजलाई माया गर्ने युवतीबीच पनि झै–झगडा भएको थियो । सो झगडा परिवारमा पुगेपछि पाँच जना मिलेर उनको हत्या योजना बनाए । 

‘मोवाइल पसलमा काम छ’ भन्दै  साथी शिव कुमारसँग उनी ईनरुवा बजार हिँडेका थिए । साउन २० मा साँझ उनीहरुले पारिजात स्कुल नजिकै मदिरा सेवन गरे । त्यसपछि इन्द्रजित यादवको घरमा गुणराजलाई छाडेर शिव कुमार हिँड्छन् । त्यहाँ उनी केहीबेर मदिरा पिउँछन् । 

इन्द्रजितको घरभन्दा ३ सय मिटर पर घन्सी बारीमा पाँच जना लुकेर बसे । उनीहरु थिए, पप्पु राम, दीपक यादव, प्रदीप राम, शिवकुमार मेहता र दिनेश मेहता । जब गुणराज त्यहाँबाट निस्किए, त्यसपछि पाँचजनाले बाँसले टाउकोमा प्रहार गरेर ढाले । अनि, नजिकै गोरु गाढामा बाँधिएको नाइलनको डोरीले घाँटी बाँधेर घिसार्दै सुनसरी खोलामा लगे । 

‘आवेगमा अण्डकोशमा पनि प्रहार गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले भने–‘हत्यापछि बोरामा हालेर खोलाको पानीमा शव फालेको अनुसन्धानबाट थाहा भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप