बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तीज रेडी सेल्फी’ प्रतियोगिता सुरु

बिहीबार, ०४ भदौ २०७७, १७ : ५५
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीजको अवसरमा पोन्डस् नेपाल तथा डोभ नेपालले ‘तीज रेडी सेल्फी’ प्रतियोगिताको आयोजना गरेका छन् । 

पोन्डस् नेपाल तथा डोभ नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो पेन्डस् नेपाल तथा डोभ नेपालको अधिकारिक फेसबुक पेजको इनबक्समा पठाउनु पर्नेछ । 

सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिमा पोन्डस् नेपाल र डोभ नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गर्ने र सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नु पर्नेछ ।

अपलोड भएका फोटोहरु मध्य उत्कृष्ट १० सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरिने आयोजकले बताएको छ । बिजेताले उपहार स्वरुप पोन्डस् र डोभको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् ।

‘तीज रेडी सेल्फी’ प्रतियोगिता भाद्र ३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप