शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिन्टीङ क्षेत्र पनि डिजिटल बन्दै, छपाई सम्बन्धि काम अब अनलाइनबाटै

बिहीबार, ०४ भदौ २०७७, २१ : ०१
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । छपाई सम्बन्धि काम अनलाइनबाटै हुने भएको छ । कोरोनाभाइरसको महामारी फैलिएसँगै छपाई सम्बन्धि काम डिजिटल बनेको हो । छपाई सम्बन्धी सम्पूर्ण कामका लागि प्रिन्टसेवा डट कम डट एनपी (printsewa.com.np)अनलाइन सेवाको सुरुवात गरेको छ । 

प्रिन्टसेवा 
हरेक किसिमको छपाई सम्बन्धि काम हुने अनलाइन सर्भिस हो प्रिन्टसेवा डटकम । प्रिन्टसेवाले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिबाट छपाई गर्छ । प्रिन्टसेवाले ५० भन्दा बडी किसिमको पेपरको प्रयोग गरेर छपाईको काम गर्ने गरेको छ । 

डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रिन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, युभि प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिने । 

५० भन्दा बडी प्रडक्ट उपलब्ध

प्रिन्टसेवाले भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आइडि कार्ड, खाम, डायरी, स्टाम, टि–सर्ट, क्याप, कि रिङ, डटपेन, घडी, छाता, क्याटलग, कम्पनी प्रोफाइल, प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइवे बोर्ड, इन्डोर साइनेज, मग, प्लेट, कुसन, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम्, ग्रिटिङ कार्ड, ट्याग, रेकर्ड फाइल, पत्रिका, किताब, कपि, स्लिप, नोट कपि, ड्याङ्लर, स्टिमर, निमान्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइल हाउजिङ आदी उपलब्ध गराउँछ । 

प्रिन्टसेवाले ग्राहकले गरेको अर्डरलाई लोकेसनमा डेलिभरी गर्छ । आप्mनो डिजाइन नभए पनि अनलाइन डिजाइन गरी अर्डर गर्न सकिने अथवा रियल टाइम डिजाइनर हायर गर्न मिल्ने भएकाले प्रिन्टसेवा सहज र ग्राहकका लागि फलदायी हुने बताइएको छ । 

वालेटबाट भुक्तानी 

प्रिन्टसेवामार्फत अर्डर गर्दा मोबाइल वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ । आफ्नो अर्डर ट्रयाक गर्न सकिने । इमेलवाट एसएमएस नोटिफिकेशन प्रदान हुनेभएकाले आप्mनो सबै पुराना अर्डरहरु १ वर्षसम्म हेर्न वा रि-अर्डर गर्न मिल्छ ।

हाललाई काठमाडौंमा मात्र सिमित गरेको प्रिन्टसेवाले नेपालको जुनसुकै ठाउँमा डेलिभरको सुविधा उपलब्ध गराउने जनाएको छ । 

प्रिन्टसेवा नै किन रोज्ने त ?

विगत १२वर्ष देखि प्रिन्टीङ क्षेत्रमा काम गर्दै आएको प्रिन्टसेवाले छपाई सम्बन्धी धेरै सेवा प्रदा गर्दै आइरहेको छ । प्रिन्ट क्वालिटी, पेपर क्वालिटी, समयमै छपाई, सहि साइजको कटिङ, बेन्डीङ, नयाँ प्रविधि, उत्कृष्ठ कलरको प्रयोग हुने भएकाले प्रिन्टसेवाको सेवा उत्कृष्ठ छ ।

अझ यसलाई ग्राहकको हातहातमा पुर्याउन डिजिटल फरम्याटमा गएको कम्पनीले बताएको छ । डिजाइन गर्न, प्रुफ हर्न समेत झन्झट नहुने भएकाले नयाँ ई–कमर्स वेभसाइट र एपको सुरुवात गरेको प्रिन्टसेवाले जनाएको छ ।  एप अहिले एन्रोइडमा मात्र उपलब्ध छ ।

छपाई, ब्राण्डिङ र प्रचार प्रसारका सम्पुर्ण काम अनलाइनमार्पmत गर्न मिल्ने, छपाई सेवा लिने र दिनेको लागि प्याल्ट फर्म बनाउने, डिजाइ सेवा लिने र दिनको लागि पनि प्याल्ट फर्म बनाउने, नेपाली प्रोडक्ट विदेशमा निर्यात गर्ने –नेपाली कगजबाट बनेका सामग्री, हस्तकलाहरु बहिर निर्यात गर्ने, उपभोक्तहरुलाई डाइरेक्ट सेवाप्रदायकसँग जोड्न पनि डिजिटल फरम्याटमा गएको प्रिन्टसेवाले बताएको छ ।  

प्रिन्टसेवामा जोडिन आफ्नो नाम रजिस्टर गर्न सकिन्छ । रजिस्टरसँगै आकर्षक अफर वा छुट पाउन सकिनेछ । प्रिन्टसेवाले २५ प्रतिशत सुविधा उपलब्ध गराएको र कर्पोरेट खातालाई हरेक आइटममा १० प्रतिशत छुट दिने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप