लिदी पहिरोमा पुरिएर मृत्यु हुनेहरुको संख्या ३० पुग्यो
बिहीबार, ०४ भदौ २०७७, २२ : १८
सिन्धुपाल्चोक । गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आज हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् ।
हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण