बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोना संक्रमितको मामिलामा कमीको संकेत

शुक्रबार, ०५ भदौ २०७७, ०६ : ४२
शुक्रबार, ०५ भदौ २०७७

अमेरिकामा कोरोनाभाइरसका नयाँ मामिलामा कमी देख्न थालिएको छ । यद्यपि, यो कमीको कारणबारे कुनै एकमत भने देखिएको छैन ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडाका अनुसार अमेरिकामा पछिल्लो एक हप्तामा ४७ हजार ३ सय नयाँ संक्रमित देखिएका छन् । २२ जुलाईको हप्तामा औसतमा साप्ताहिक संक्रमण ६७ हजार ३ सय १७ थियो । जबकि १७ जुलाईमा एकै दिन ७५ हजारभन्दा बढी रेकर्ड स्तरको संक्रमित फेला परेका थिए ।

अमेरिकामा कोरोनाभाइरसको परीक्षणको नेतृत्व गरिरहेका ह्वाइट हाउस फिजिशियन ब्रेट गिरोयरले अब अमेरिकामा संक्रमण सही दिनमा अघि बढिरहेको बताएका छन् ।

उनका अनुसार संक्रमितको संख्यामा कमी आउनुको कारण फेस कभरको प्रयोग र सामाजिक दुरीको प्रावधानको पालना गर्नु हो ।

तर केही विश्लेषकका अनुसार अमेरिकामा संक्रमितको संख्यामा कमी आउनुको कारण परीक्षणमा भएको कमी हो  । अटलान्टिक कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिण हिस्सामा संक्रमितको संख्या बढिरहेको छ तर त्यहाँ परीक्षण अचानक कम गरिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप