शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीज बिर्सिएर सुनसान बनेको पशुपति, तस्विरमा हेर्नुहोस्

शुक्रबार, ०५ भदौ २०७७, ११ : १३
शुक्रबार, ०५ भदौ २०७७

आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । आजको दिन देखिने सामान्य दृश्य भनेको पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा रातो साडीमा सजिएका महिलाहरुको भीड ।

तर, कोरोनाभाइरसको कहरका कारण आज सो परिदृश्य बदलिएको छ । भीड नै नियन्त्रण गर्न हम्मेहम्मे पर्ने पशुपति यसपटक सुनसान छ । मनौँ, पशुपतिले आज तीज हो भनेर नै बिर्सिएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन हो । सरकारले धार्मिक स्थलहरुमा भिडभाडलाई प्रतिबन्ध गरेको छ । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएका छन् ।

निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधान कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो । प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधानहरु चलेका छन् ।

तस्विरमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप