मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गढीमाई मन्दिरका मूल पूजारीको निधन

शुक्रबार, ०५ भदौ २०७७, १२ : २८
शुक्रबार, ०५ भदौ २०७७

बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ । बलीका लागि प्रसिद्धी कमाएको गढीमाई मन्दिरका मूल पूजारी रौतहट गजरा नपा–३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो ।

दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटो मै मृत्यु भएको स्थानीय समाजसेवी अन्तरे लामाले जानकारी दिए । मृतक धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिने समाजसेवी लामाले बताए ।

गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरुनै मूलपूजारी रहँदै आएको उनका परिवारजनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप