शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘औजार’ एक समाधान, मर्मतसम्भारका लागि एक भरपर्दो नाम

आइतबार, ०७ भदौ २०७७, १७ : ४७
आइतबार, ०७ भदौ २०७७

काठमाडौं । ‘हर घरमा औजार, हर कार्यालयमा औजार’को शाब्दिक अर्थलाई पूर्णता दिनको लागि मर्मत तथा सम्भारको कार्यमा आधुनिक प्रबिधिको जानकारहरुको सोचको अन्तिम रुप हो ‘औजार’ । आजको व्यस्त दैनिकीमा आफ्नो घर तथा कार्यालयको सुरक्षा अनि सानोतिनो मर्मतसम्भारको लागि पनि समय छैन । झन् अहिलेको महामारीको समयमा ज्यूज्यानको सुरक्षाको सवाल पनि उठिरहन्छ । 

कार्यालय तथा आवासहरुमा दैनिक रुपमा आइपर्ने सानोतिनो समस्या जस्तैः द्यिुतिय मर्मत, धारा पानि अन्य प्लम्बिङसम्बन्धि मर्मत, घर तथा अफिसस्थित फर्निचर मर्मतका कामहरु, घर तथा अफिसको रंगरोगन, इन्टेरियर डिजाइन, मोडुलर किचन, एसी फ्रिज मर्मत, घर पर्खाल सम्बन्धि, ग्लास तथा आल्मुनियम पर्टेशनका, घर तथा अफिस सरसफाईका कामहरुको समाधानको विस्वासिलो नाम हो ‘औजार’ । 

अनुभबी र विश्वासिलो टेक्निकल तथा व्यवस्थापकहरुको दरिलो साथ रहेको औजारले छिट्टै आफ्नो ग्राहकहरुको मन जित्न सफल हुने सस्थाका सस्थापक तथा प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।

‘औजार’को सेवाले तीन बर्षभित्र अनुभब, अनुभबी तथा विश्वासिलो टिम अनि आधुनिक प्रबिधिबाट उच्चस्तरको सेवा प्रदान गर्दै उपत्यकाको हर घरहर कार्यालयमा पुराउने तथा एक बर्षभित्र पोखरा, बुटवल, नारायणघाट अनि हेटौडामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अगाडी बढेको संचालक भट्टराई बताउँछन । 

‘औजार’को सेवाका लागि कसरी सम्पर्क गर्ने ?
‘औजार’को सेवा लिन प्रत्यक्ष फोन सम्पर्क गर्न सकिन्छ । त्यसका लागि फेसबुक तथा इन्स्टाग्रामद्वारा वा कम्पनीको वेबसाएटबाट सम्पर्क गरी सेवा लिन सकिन्छ । 

सर्बिस चार्ज 
ग्रहाकको सन्तुस्टिनै औजारको पहिलो प्राथमिकता रहेकोले भिजिट तथा इस्टिमेट चार्ज नलाग्ने भट्टराई बताउँछन् । भिजिट पछि गर्नुपर्ने कामको ग्राहकसँग छलफल गरि ग्राहकको सहमतिमा जाने कम्पनीले बताएको छ । 
ग्राहकको सन्तुस्टीका आधारमा औजारले लिने सेवा शुल्क समयसापेक्ष हुने, प्रयोग गरिने सरसामान बिस्वासिलो तथा वारेन्टीवाला हुने संचालक भट्टराईले बताए ।

सरकारले तोकेको मापदण्ड भित्र रही पूर्ण रुपमा पारदर्शी तवरले काम गर्ने औजारले बताएको छ । छिटो र चुस्त सेवानै आजको आवश्यकता भएकोले ग्राहकले सम्पर्क गरेको एक घण्टाभित्र संस्थाको तर्फबाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप