केन्द्रीय संस्करण

उद्धार उडानबाट फर्किनेले सिधै आ-आफ्नो प्रदेश जान नपाउने, यस्तो छ तयारी

person explore access_timeभदौ ७, २०७७ chat_bubble_outline0

काठमाडौं । उद्धार उडानबाट फर्किने नेपाली नागरिक अब होल्डिङ सेन्टरबाट सिधै आ–आफ्नो प्रदेश जान नपाउने भएका छन् । उनीहरु कम्तिमा एक साता काठमाडौं उपत्यकाको क्वारेन्टाइनमा बस्नुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

आईतबार गृह–सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको क्वारेन्टिन ब्यवस्थापन समितिको बैठकले ‘उद्धार उडानबाट स्वदेश फर्किनेलाई राख्न उपत्यकामा क्वारेन्टिन निर्माण र सञ्चालन’ गर्ने निर्णय गरेको छ । चैत ४ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्धार उडानबाट फर्किनेका लागि क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापन प्रक्रिया शुरु गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।

रातोपाटीसँग कुरा गर्र्दै बुढाले भने– ‘उद्धार उडानबाट फर्किनेहरुलाई उपत्यकाको क्वारेन्टाइनमा बस्नुपर्छ, पिसिआर जाँच रिपोर्ट नेगेटिभ आएपछि मात्रै उहाँहरुलाई घर पठाउँछौं ।’ गृह मन्त्रालयको पछिल्लो निर्णयसँगै यसअघि विदेशबाट आउने नेपालीलाई सेनाले होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेशसम्म स्कर्टिङ गर्ने निर्णय अन्त्य भएको छ ।

उद्धार उडानबाट फर्कनेहरुलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि स्वाव संकलन गरिने र कोरोनाको नेगेटिम रिपोर्ट आएपछि मात्रै घर पठाइन्छ । उद्धार उडानबाट फर्कनेलाई होल्डिङ सेन्टरबाट स्कर्टीङ गरेर सम्बन्धित प्रदेशसम्म लैजान छाडिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए ।

सिसिएमसीले जारी गरेको ‘सवारी पास’को आधारमा पछिल्लो समय विदेशबाट अउनेलाई बाटोमा चेकजाँच गर्नेगरी सम्बन्धित प्रदेशमा पठाउन थालिएको थियो । गृह मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई तोकिएको सिमानाकाबाट आवागमनको अभिलेख राखेर ‘प्रवेश अनुमति’ दिइरहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.