शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सका स्वास्थ्यमन्त्रीले भने, ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलोले संक्रमित बढायो’

सोमबार, ०८ भदौ २०७७, ०६ : ०५
सोमबार, ०८ भदौ २०७७

फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरस संक्रमितको संख्या बढेका कारण देशमा संकटको स्थिती भएको बताएका छन् ।

जर्नल डू डिमांश पत्रिकालाई दिएको अन्तरवार्तामा ओलिवियर वेवांले परीक्षणको दायरा बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको होइन भन्ने अभिव्यक्ति दिएका छन् ।

उनले फ्रान्समा कोरोनाको प्रकोप कहिले पनि नरोकिएको बताएका छन् ।

उनले लकडाउनका कारण संक्रमितको संख्या नियन्त्रणमा रहेको र खुकुलो बनाएपछि संख्यामा वृद्धि हुन थालेको पनि बताए ।

उनले पत्रिकासँग भने, ‘फ्रान्समा मात्रै होइन पूरा युरोपमा यस्तै हाल छ ।’

उनका अनुसार ४० देखि ६५ वर्ष बीच उमेर समूह भएकाहरुमा संक्रमण चार गुणा तीब्र रुपमा फैलिएको हो । युवाले संक्रमणलाई वृद्ध–वृद्धासम्म अत्यधिक फैलाएपछि स्थिती थप भयावह हुनसक्छ ।

शनिबार फ्रान्समा ३६ सय २ नयाँ संक्रमित भेटिएका थिए । यस्तै, बिहिबार र शुक्रबार ४ हजार नयाँ संक्रमित फेला परेका थिए । फ्रान्समा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप