शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईस्थित फिस्टेल ट्राभल भन्छ, ‘कसैलाई टिकट बेच्ने जिम्मेवारी दिएका छैनौँ, बढी रकम लिन्छ भने त्यो ठगी हो’

अन्य ट्राभल एजेन्सीले टिकट मिलाउँछु भन्यो भने सजक रहन आग्रह
सोमबार, ०८ भदौ २०७७, २० : १३
सोमबार, ०८ भदौ २०७७

युएई । युएईबाट नेपाल फर्कनका लागि टिकट काटेका यात्रुबाट चर्को भाडा असुली भएको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि युएईस्थित फिस्टेल ट्राभलले आफ्नो स्पष्टिकरण दिएको छ ।

सोमबार रातोपाटीलाई एक प्रेस विज्ञप्ति पठाउँदै ट्राभलले आफूहरुले सरकारले तोकेको शुल्कमै यात्रुलाई टिकट दिएको र टिकट बेच्ने जिम्मेवारी अन्य ट्राभललाई नदिएको स्पष्ट पारेको हो ।

हिमालय एअरलाइन्सको युएईस्थित जिएसएका रुपमा फिस्टेल ट्राभलले काम गरिरहेको र यात्रुहरुलाई टिकट उपलब्ध गराउने काम फिस्टेल ट्राभल र यसको मातृ संस्था ग्रिनलाइन ट्राभलले मात्रै गरिरहेको भन्दै अन्य कुनै ट्राभल एजेन्सीले टिकट मिलाउँछु भन्यो भने सजक हुन पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फिस्टेल ट्राभलले अहिले कुनैपनि ट्राभल एजेन्सीलाई टिकट विक्री गर्ने अधिकार र जिम्मेवारी दिएको छैन । यात्रुहरुले सोझै फिस्टेल ट्राभल वा ग्रिनलाइन ट्राभलबाट टिकट किन्न सक्नेछन्, जसका लागि लाग्ने शुल्क भनेको नेपाल सरकारले तोके अनुसारकै शुल्क हो । कुनै व्यक्ति, ट्राभल एजेन्सी वा संस्थाले टिकट दिन्छु भनेको छ भने त्यो सरासर गलत हो र ठगी गर्ने नियत पनि हुनसक्छ । त्यसकारण यात्रु आँफै सजग भइदिनुहुन अनुरोध गर्दछौँ ।’

हिमालय एअरलाइन्सको जिएसए फिस्टेल ट्राभलले यात्रुबाट १ हजार ४ सय २० दिराममात्रै लिएको दाबी गरेपनि यात्रुहरुले भने विभिन्न ट्राभल एजेन्सीको माध्यमबाट २ हजार ५ सय दिरामसम्म तिर्नु परिरहेको छ । सिट खाली नभएको भन्दै ट्राभल एजेन्सीहरुले चर्कोे मूल्य लिएर टिकट उपलब्ध गराउने गरेका छन् ।

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप