केन्द्रीय संस्करण
कोरोना कैरन– २६

अस्वस्थ स्वास्थ्य मन्त्रालयउपर निरर्थक टिप्पणी

person explore access_timeभदौ ८, २०७७ chat_bubble_outline1

समयले सबै भुइँफुट्टा, चोट्टा र चटकेहरुको परीक्षा लिन्छ । अलि दिन कुर्नुमात्र पर्छ, इतिहासका भित्तामा नतिजा अङ्कित भइहाल्छ । अहिले इतिहासको भित्तो हेर्दा मलाई निकट अतीतको याद आउँछ । र, कानमा कर्कश टेप गुन्जिन्छ । टेप भन्छ— नेपालीको ज्यान दह्रो छ । कोरोना नाथेले ठाँगेले छुँदैन । कुन परम् ज्ञानीको स्वर हो यो ? भूमिमन्त्री पद्मकुमारी अर्यालको को पो हो कि ? मेरा कानमा अर्को कर्कश टेप बज्छ । टेपे भन्छ— अब नेपाललाई ट्याक्क कोरोनामुक्त मुलुक घोषणा गरिन्छ । र, कमाइन्छ प्रवाहमय पर्यटनबाट छेलोखेलो पैसो   । र, देखाइन्छ दुनियाँलाई आफ्नो विरल प्रतिभाको बिछट्टको चमत्कार । योचाहिँ कुन महान् ज्ञाताको वाणी हो नि ? कुन्नि, पर्यटन मन्त्री योगेश भट्टराईको पो हो कि ? म त भन्छु— यी दुई भुइँफुट्टा ज्ञानीको खासै दोष छैन । मनतातो पानीले कोरोनारुपी बोसीय पदार्थलाई सहजै बध गर्ने गुरुमन्त्र छ त यिनले अरु के सुनून् ? के सिकून् ? र, के भनून् ? जस्तो राजनीतिक गुरु, उस्तै चेलाचेली ।  जस्तो माथि मुहान, उस्तै तल तुरतुरे जल ।

अहिले यी ज्ञानीत्रय, गुरु र चेलाचेली, अबाक् छन् । र, वाचाल छन् स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् भनिने कोरोना प्रवक्ता । प्रवक्ताश्री जे भन्छन्, यी ज्ञानीहरुले सुन्न नमिल्ने कुरा भन्छन् । अलि दिनयता यी प्रवक्ता एउटा फत्तुरको एकोहोरो रट लाउँदैछन् । यिनको रट भन्छ— जनताले सरकारी आज्ञा पालन गर्न अटेर गरे, अहंकार गरे र बिताए । जनताले आखिर के बिताए, श्रीमान् ?

अहिले यी ज्ञानीत्रय, गुरु र चेलाचेली, अबाक् छन् । र, वाचाल छन् स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् भनिने कोरोना प्रवक्ता । प्रवक्ताश्री जे भन्छन्, यी ज्ञानीहरुले सुन्न नमिल्ने कुरा भन्छन् । अलि दिनयता यी प्रवक्ता एउटा फत्तुरको एकोहोरो रट लाउँदैछन् । यिनको रट भन्छ— जनताले सरकारी आज्ञा पालन गर्न अटेर गरे, अहंकार गरे र बिताए । जनताले आखिर के बिताए, श्रीमान् ? जनताले हात नधोएर बिताए । सेनिटाइजर प्रयोग नगरेर बिताए । दूरी कायम नगरेर बिताए । मास्क नलाएर बिताए । बिताए त आखिर भयो के, श्रीमान् ? बर्बाद भयो ! संक्रमित ह्वाह्र्वार्ती बढे । कोभिड अस्पतालका बेड टनाटन भरिए । अब कडा बिरामीलाई समेत गृह आइसोलेनमा राख्नुपर्ने भो । आइसी यु र भेन्टिलेटर नपुगेर हाहाकारको अवस्था अउन अब बेर नलाग्ने भो । यो सब कसले गर्दा भएको हो, श्रीमान् ? प्रवक्ता महोदयको साङ्केतिक उत्तर छ— यो सब छाडा जनताको मेसोमति कुमतिले गर्दा भएको हो ।

केही हप्ताअघिसम्म यिनै प्रवक्ताको कुरो ठीक विपरीत थियो । सरकारलाई बद्नाम लकडाउन बन्द गर्नु थियो । र, माथिको इसारा बमोजिम होला शायद, यी प्रवक्ता भन्दैथिए— संक्रमित घटे । टेस्ट गर्ने ठाउँ साँघुरिँदै गयो त कहाँ बढाउने पिसिआर टेस्ट ? बस्, लकडाउन खुल्यो, नागरिक चलहपहल गतिमान् भयो र कोरोना संक्रमण बढ्दै गयो । कोरोना नियन्त्रणका नाउँमा ओली सरकारले गर्न जानेको एकमात्र गाँठ्ठी कुरो यही लकडाउन हो । न बुद्धि र अर्थको लागानीको बोझ, न तयारीको लेठो । झ्याप्प घोषणा गर्‍यो, लाठा र बन्दुक सडकमा निकाल्यो, नागरिकहरुलाई घरघरमा थुन्यो र आफू मस्तसँग सुत्यो । संक्रमण बढ्नु के थियो, पुनः लकडाउन गर्न सरकार आतुर भयो । अनि पिसिआर टेस्ट ह्यात्तै बढाइयो । नतिजामा संक्रमितको संख्या ह्वात्तै बढ्यो । र, यो ‘ह्वात्तै’लाई निहुँ बनाएर सरकारले अहिले फेरि झ्याप्पै लकडाउन थोपरेको छ ।

कोरोना नियन्त्रणका नाउँमा ओली सरकारले गर्न जानेको एकमात्र गाँठ्ठी कुरो यही लकडाउन हो । न बुद्धि र अर्थको लागानीको बोझ, न तयारीको लेठो । झ्याप्प घोषणा गर्‍यो, लाठा र बन्दुक सडकमा निकाल्यो, नागरिकहरुलाई घरघरमा थुन्यो र आफू मस्तसँग सुत्यो । संक्रमण बढ्नु के थियो, पुनः लकडाउन गर्न सरकार आतुर भयो । अनि पिसिआर टेस्ट ह्यात्तै बढाइयो । नतिजामा संक्रमितको संख्या ह्वात्तै बढ्यो । र, यो ‘ह्वात्तै’लाई निहुँ बनाएर सरकारले अहिले फेरि झ्याप्पै लकडाउन थोपरेको छ ।

अस्तिसम्म यिनै प्रवक्ता चिप्ला वचनमा कुरो लुकाएर भन्दैथिए— सरकार असल छ । संवेदनशील  छ । जिम्मेवार छ । दूरदर्शी र क्रियाशील छ । बत्तीसै लछ्छिनले युक्त छ । तसर्थ कोरोना भाइरस रोकथाम र नियन्त्रणको तयारीमा कुनै कुराको कमी छैन । अहिले यिनै प्रवक्ता पटरपटर भन्दाछन्— छाडा जनताले गर्दा सारा कुरा बर्बाद हुने भो । नेपाल चीन होइन, न उत्तर कोरिया हो, न फिलिपिन्स हो, जहाँ लडकलाउन नागरिकका थाप्लामा राइफल ताक्दै सडकमा ओर्लिन्छ । र, सर्वत्र तैँ चुप् मै चुप् हुन्छ । लोकतन्त्रको नागरिक धेरथोर अराजक, स्वेच्छाचारी र अवज्ञाकारी हुँदोरहेछ । लकडाउनमा संसारैभरि देखियो त । कोरोनाकालमा सरकारी आदेश मान्नु र नमान्नुबीचको अन्तर्विरोधको तात्विक अर्थ छ । अर्थ जटिल छ । नागरिकले हर सरकारी आदेश चुपचाप मान्दै गए के हुनसक्छ ? संकटजन्य कारणलाई निहुँ बनाएर सरकारले शनैःशनैः तानाशाही थोपर्न सक्छ । कुरो अप्ठ्यारो छ, श्रीमान् । मेरो यो तर्कको अभिप्राय महामारी कालमा नागरिकले छाडा हुन पाउनुपर्छ भन्ने किमार्थ होइन । तर महामारी पैmलिनुको सारा दोष नागरिकका थाप्लामा थोपरेर सरकार जिम्मेवारीबाट भाग्न पाउँछ ? प्रवक्ताको फतरफतरले कुरो घुमाएर पाउनुपर्छ भन्दैछ त !

प्वाक्क भन्न बडो असजिलो लाग्छ । तर कटु यथार्थ नभनी धरै छैन । छाँटले स्वास्थ्य मन्त्रालयमा संवाद गरी सम्मानयुक्त सहकार्यको मनोभाव र परिवेश सिर्जना गर्न जान्ने कोही नै छैन कि कसो ? हरेक मुखबाट खालि आदेश, निर्देश र ध्वाँसमात्र सुनिन्छ त । नागरिकलाई खालि आदेश, निर्देश र ध्वाँस । चुपचाप सरकारी आज्ञा पालन गर । नगरे महामारीले दिनेछ यथोचित पुरस्कार ! उसैगरी निजी अस्पताललाई खालि आदशे, निर्देश र ध्वाँस । बीस प्रतिशत बेड कोबिडलाई छुट्याऊ, नत्र गरिन्छ कार्बाइ ! हजार बेड कोभिडलाई छ्ट्याृऊ, नत्र गरिन्छ कार्बाइ ! निजी अस्पतालमा स्वेच्छाचारी काइदाले बेड संख्या तोक्ने आफैँ, उपचारको शुल्क तोक्ने आफैँ । अनि भनेको नमाने ठोकिदिन्छु भनेर गर्जिने आफैँ । स्वास्थ्य फाँटको यो सब क्रियाकर्ममा कार्यकारी अधिपति ओली सरको मनोवृत्ति र प्रवृत्तिको झल्झली झल्को आउँछ । भनिसकेँ त— जस्तो राजनीतिक गुरु, उस्तै चेलाचेली ।  जस्तो माथि मुहान, उस्तै तल तुरतुरे जल ।

प्वाक्क भन्न बडो असजिलो लाग्छ । तर कटु यथार्थ नभनी धरै छैन । छाँटले स्वास्थ्य मन्त्रालयमा संवाद गरी सम्मानयुक्त सहकार्यको मनोभाव र परिवेश सिर्जना गर्न जान्ने कोही नै छैन कि कसो ? हरेक मुखबाट खालि आदेश, निर्देश र ध्वाँसमात्र सुनिन्छ त । नागरिकलाई खालि आदेश, निर्देश र ध्वाँस ।

मनचिन्ते सरकारी गफमा सबै कुरा ठीकठाक छ । तर व्यवहारमा कोरोना नियन्त्रणमा सरकारी तयारी भद्रगोल छ । शासकहरुलाई विलासी सवारी साधन खरिद गर्न यो वर्ष ६ अर्बको बजेट छ । जीवन–रक्षक भेन्टिलेटर खरिद गर्न सरकारसँग रकम छैन । मुलुकभर जम्मा १०७० भेन्टिलेर छन् । तिनमध्ये ८९० कोभिडलाई छुट्याइएका छन् । भक्तिमार्ग इतरका विज्ञहरु भन्छन्— आसन्न महामारीको लागि १० हजार भेन्टिलेटरको खाँचो छ । विडम्बनावश, गत सात महिनामा जम्मा ८० वटा भेन्टिलेटर थपिएका छन् । ती पनि खरिद गरिएका होइन, दान–दातव्यमा प्राप्त भएका ! सरकार कोरोना नियन्त्रणको नाउँमा दश अर्बपछि पुनः अर्ब–अर्ब रकम खर्च गरिरहेको छ । यो अर्ब–अर्बमध्ये कति वास्तविक प्रयोजनमा खर्च हुँदैछ, कति खुत्रुक्क खल्तीकरण हुँदैछ, कसलाई थाहा छ ? जो खाने हुन्, तिनका कुरा पत्याउन असम्भव छ । जो आशङ्का गर्ने हुन्, यथार्थ सूचनासम्म तिनको पहुँच असम्भव छ । कसैले अर्ब–अर्बको हिसाब मागे सर्वाधिकारी कार्यकारी प्रमुखबाट आज्ञा हुन्छ— अहिले कोरोनाका कुुरा गरुँ, रकमका कुरा पछि गर्दै गरुँला । यो दिव्य कथनको निहितार्थ हो— अहिले ग्वाम्म रकम हजम गर्न पाऊँ, पछि देखा जायगा !

हिजो ओली सरकार भन्दैथियो— यो महामारी कालमा स्वतन्त्रता होइन, जीवन रोजौँ । हामीले भन्यौँ— हाम्रो रोजाइ स्वतन्त्रता सहितको जीवन हो । जीवन कि अर्थव्यवस्था ? अहिले हाम्रासामु यो यज्ञ प्रश्न उपस्थित छ । हिजो अर्थव्यवस्था चौपट हुने भो भनेर लकडाउन खोलियो । आज फेरि लगत्तै जीवन खतरामा पर्‍यो भनेर लकडाउन थोपरियो । दूरदृष्टिविहीन, योजनाविहीन, तयारीविहीन पंगु ओली सरकार किम् कर्तव्य विमूढ छ । अलमले र धरमरे यो सरकार अहिले भन्ला— अहिले जीवन–रक्षा गरौँ, अर्थव्यवस्थाको रक्षा गर्दै गरौँला । अर्थविना जीवन जिउँदो रहँदैन । जीवन र अर्थमध्ये कुन पहिले, कुन पछि ? म त भन्छु— यो खण्डे दिमागको बकलन्ठे तर्क हो । हामी भन्छौँ— जीवन र अर्थ सँगसँगै, हाराहारी, एकसाथ । यो मतको पैरवीकार नागरिक सरकारलाई सोध्छ— जीवन–रक्षक अर्थ अस्तव्यस्त र ध्वस्त हुने गरी यो लकडाउन कतिन्जेल थोपरिने हो ? लकडाउन कोरोना नियन्त्रणको सदावहार र एकमात्र जादूगरी अस्त्र त होइन क्यारे, श्रीमान् !

दूरदृष्टिविहीन, योजनाविहीन, तयारीविहीन पंगु ओली सरकार किम् कर्तव्य विमूढ छ । अलमले र धरमरे यो सरकार अहिले भन्ला— अहिले जीवन–रक्षा गरौँ, अर्थव्यवस्थाको रक्षा गर्दै गरौँला । अर्थविना जीवन जिउँदो रहँदैन । जीवन र अर्थमध्ये कुन पहिले, कुन पछि ? म त भन्छु— यो खण्डे दिमागको बकलन्ठे तर्क हो । हामी भन्छौँ— जीवन र अर्थ सँगसँगै, हाराहारी, एकसाथ ।

स्वास्थ्यमन्त्रालयको बुद्धि र ढङ्ग देख्दा लोकलाई लाज लाग्छ । मानौँ यो मन्त्रालयमा विवेक, सुझबूझ र मानवीयता एक पित्को पनि छैन । त्यसैले त यो मूर्ख मन्त्रालय एउटै अस्पतालमा कोभिड र कोभिडइतर बिरामी राख्ने आदेश जारी गर्दैछ । यो स्वेच्छाचारी आदेश लागू भए नतिजा के होला ? सम्भावित नतिजाको कल्पनाले मात्र पनि लोकको आङ सिरिङ्ग हुन्छ । यस्तो क्वाँटी अस्पतालमा दुबैथरी बिमारी उपचारबाट वञ्चित हुन्छन् । कोरोनाको डरले कोरोना इतरका बिरामी अस्पताल जाँदैनन् । छ्यासमिस, अस्तव्यवस्तता र अनिश्चितताको दुष्परिणमका डरले डाक्टर र नर्स यी दुबैथरी बिरामीलाई सेवा प्रदान गर्न आनाकानी गर्छन् । नतिजा के हुन्छ ? अस्पताल खाली हुन्छ । नाकको अगाडि भन्केको झिँगोभन्दा पर नदेख्ने र नसोच्ने स्वास्थ्यमन्त्रायउपर योभन्दा बढी शब्दहरु खर्च गर्नुभन्दा ठूलो मूर्खता जगतमा अरु के नै होला र ?


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Aug. 25, 2020, 1:46 p.m. bishwo nath sharma
    yo phataha co lekha purbagri huncha
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.