चोरी तथा हातहतियार मुद्दामा फरार पक्राउ
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी तथा हातहतियार खरखजाना मद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । २०७६ असार २३ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा रातिको समयमा विभिन्न स्थानमा चोरीमा संलग्न धनगढी उपमहानगरपालिका–३ बस्ने वर्ष ३८ का विशाल चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दानबहादुर रोकायाले रातोपाटीलाई जानकारी दिए ।
चौधरी राष्ट्र बैङ्क चोक नजिक डेरा गरी बस्ने गरेका थिए । गत साउन ३१ गते उनको कोठाबाट प्रहरीले चोरीमा प्रयोग हुने सामान र ३ राउण्ड गोलीसहित पेस्तोलसमेत फेला पारेको थियो । चौधरी भने सो स्थानबाट फरार रहेका थिए । खोज तलास गर्दै जाँदा भदौ ७ गते चटकपुरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पुर्पक्षका लागी कारागार राख्ने आदेश भई चौधरीलाई कारागार पठाईएको र चोरी तथा हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
यता, भन्सार छली गरी ल्याएका मोबाइलका ब्याट्रीसहित १ जनालाई प्रहरी ले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट आइतबार बेलुका खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा बस्ने वर्ष ३३ का साने आलमलाई पक्राउ गरेको हो ।
आलमले सञ्चालन गरेको सोनी मोबाईल ग्यालरीबाट अवैध रुपमा भारतबाट ल्याएका २७८ थान मोबाइलका ब्याट्री फेला परेको प्रहरीको भनाइ छ । आलमलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर