शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘द कपिल शर्मा शो’ बहिष्कारको माग किन उठ्यो ?

मङ्गलबार, ०९ भदौ २०७७, १० : २२
मङ्गलबार, ०९ भदौ २०७७

सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् ।

फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्याशट्याग एसएसआर नामक ग्रुपमा लेखे, ‘प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रुपमा बहिष्कार गरौं ।’

ग्रुपका अर्का एक सदस्यले लेखे, ‘प्रिय एसएसआर परिवार, कृपया ध्यान राख्नुहोस् कि ‘द कपिल शर्मा शो’ कार्यक्रमका सह–निर्माता सलमान खान हुन् । हामीले उनलाई उनको फिल्मको माध्यमले मात्रै नभई सबैतिरबाट, हरेक स्थानबाट उनलाई पूर्ण रुपमा बहिष्कार गर्नुपर्छ । अबदेखि ‘द कपिल शर्मा शो’ पूर्ण रुपमा बहिष्कृत ।’

हाल यो ग्रुपमा ९१ हजार सदस्य छन् । कमेडी शो बहिष्कार गर्ने आह्वानको समर्थन दिँदै थुप्रै सदस्यले पोस्टलाई लाइक, सेयर र कमेन्ट गरेका छन् ।

सलमान ती थुप्रै बलिउड हस्तीमध्ये एक हुन् जो सुशान्तको मृत्युपछि सुरु भएको नेपोटिजमको आलोचनाको सामना गरिरहेका छन् । सोसल मिडियामा सुशान्तका थुप्रै प्रशंसकले दिवंगत युवा अभिनेता फिल्म उद्योगमा नेपोटिजमका शिकार भएको मान्यता राख्छन् ।

हालै, आफ्नो ब्रान्डद्वारा लञ्च गरिएको कोभिड–१९ मास्कलाई प्रोमोट गर्ने एक ट्वीट साझा गरेपछि सलमान खान सोसल मिडियामा ट्रोल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप