बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निलगाईका कारण रौतहटका किसान चिन्तित, रातभर जाग्राम

मङ्गलबार, ०९ भदौ २०७७, १० : २५
मङ्गलबार, ०९ भदौ २०७७

रौतहट । निलगाईका कारण रौतहटको कटहरिया नगरक्षेत्रका दर्जनौँ किसान चिन्तित बनेका छन् । राति–राति आउने निलगाईले बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।

निलगाईले किसानले लगाएको तरकारी, धान, मकै समेत खाइदिने गरेकाले कटहरिया नगरपालिकाका कयौँ वडाका किसान समस्यामा परेका छन् । वर्षभरीको मिहिनेतले लगाएको धानबाली निलगाईले सिध्याउँदा जीवनयापनमै समस्या हुने कटहरिया–२ हंथियाहिका एकजना पीडित किसान बिनोदलाल कर्णले दुखेसो पोख्छन् ।

निलगाईले धानबाली र मकैबालीका साथै कटहरिया–३ मा रहेको नर्सरीमा आँप, लिचीलगायतका बिरुवामा समेत क्षति गरिरहेको किसान कर्णले जानकारी दिए ।

राति झुन्डमा आउने निलगाईले झौवा गाउँ छेउमा किसानले लगाएको तरकारी बालिमा समेत क्षति गरिरहेको एकजना स्थानीय किसान तथा नेपाली काँग्रेस नेता वाल्मीकि यादवले गुनासो गरेका छन् ।

पछिल्लो केही वर्षदेखि निलगाईले जिल्ला प्रायः सबै स्थानीय तहका किसानले लगाएको बालीमा क्षति पुर्याउने गरेका छन् ।

निलगाईको लागि जिल्लाका नदी खोलाहरु सुरक्षित बाँस स्थान बनेको छ । निलगाईको संख्या दिन प्रति दिन संख्या बढदै गएको छ । तर, सरकार तथा अन्य कुनै निकायले हालसम्म नियन्त्रण को पहल गरेको छैन । निलगाई नियन्त्रण गर्न पटक पटक स्थानीय तह तथा जिल्ला बन कार्यालयमा समेत अनुरोध गर्दा कुनै वास्ता नगेकाले कतिपय किसान आफ्नो बालीको रक्षागर्न रातभरि   मसाल बालेर टिन ठट्याउन बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप