शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने

मङ्गलबार, ०९ भदौ २०७७, २० : २७
मङ्गलबार, ०९ भदौ २०७७

युएई-ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने भएको छ ।आज मंगलबार नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणका लागि नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ । यो जग्गा २० वर्षका लागि लिजमा लिइएको र त्यसपछि फेरि नवीकरण गर्न सकिने बताइएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार भएको कार्यक्रममा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रशासन तथा लेखा मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।

हस्ताक्षर कार्यक्रमपछि मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण देशहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए ।

यो सम्झौता पश्चार ओमान रहेको नेपाली दूतावास खाडीमा आफ्नै भवन भएको पहिलो दूतावास बन्नेतर्फ अघि बढ्ने र आफ्नै भवनबाट नेपाली श्रमिकलाई प्रभावकारी र सहजरुपमा सेवा दिन सकिने दूतावासले जनाएको छ ।

आफ्नै भवन हुँदा भाडा बापत तिर्न पर्ने रकम पनि बच्ने छ । साथै मस्कटमा बन्ने नयाँ भवनबाट नेपाली उत्पादनको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रवर्द्धन समेत थप योगदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने राजदूत ढकालले बताउनुभयो। यसले खाडी क्षेत्रमा रहेका करिव १५ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने राजदूत ढकालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप