शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण  हुन्छः सभामुख  सापकोटा

बुधबार, १० भदौ २०७७, २२ : १३
बुधबार, १० भदौ २०७७

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन्  । जुगल गाउँपालिका-२ लिदीका  पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विस्थापितका लागि जग्गा दिलाउन आफूले  प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए ।  सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए । सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत हस्तान्तरण गरे ।
 
त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।  जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र  खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप