बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण

बुधबार, १० भदौ २०७७, २३ : २८
बुधबार, १० भदौ २०७७

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरुको ‘क्लोज कन्ट्याट’मा रहेको २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६ जनाको पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३१९ पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिकाका २, प्रदेश अस्पतालका २, गुर्भाकोट नगरपालिका र भारतको बनारस घर भएका एक÷एक जनाको सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । त्यस्तै, कोरोना निको भई विभिन्न आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १९ पुगेको छ । अब कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप