शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

बिहीबार, ११ भदौ २०७७, ०७ : ४१
बिहीबार, ११ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

जारी पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप