आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरका ८ जना भजनमण्डलीलाई कोरोना, सय जनाको कन्ट्रयाक ट्रेसिङ गरिने

बिहीबार, ११ भदौ २०७७, १४ : ०२
बिहीबार, ११ भदौ २०७७

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित काय्गोमढीका ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई संक्रमण भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्न लागिएको महानगरपालिका प्रवक्ता सुनील महर्जनले रातोपाटीलाई जानकारी दिए । 

मंगलबजार नजिकै रहेको सो टोलका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो । ललितपुर महानगरमा कोरोना संक्रमण बढेपछि एक जना संक्रमित बराबर कम्तिमा ७ जनाको कन्ट्रयाक ट्रेसिङ गर्ने योजना बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप