शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोनाको ग्राफ झनै उकालो लाग्दै !

निषेधाज्ञा अघि गरेका लापरवाहीको नतिजा उपत्यकामा झल्कियो
बिहीबार, ११ भदौ २०७७, २१ : ५२
बिहीबार, ११ भदौ २०७७

कोरोनाभाइरसको संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गरेको हप्ता दिन बितिसकेको छ । निषेधाज्ञाले संक्रमणको कडी टुटेको दावी सरकारी अधिकारीहरुले गरिरहेका छन् । तर  काठमाडौं उपत्यकामा संक्रमणको दर उकालो लाग्ने क्रम घट्नुको साटो झन उकालो लाग्दै गएको छ ।

काठमाडौं उपत्यका कोरोना संक्रमितको संख्या ह्वातै बढ्न थालेपछि गत भदौं एक गतेदेखि र निषेधाज्ञा सुरु भयो । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले एक हप्ताको लागि निषेधाज्ञा जारी गरेपनि उपत्यकामा संक्रमितको ग्राफ बढिरहयो । पुनः उपत्यकाका मेयरहरूले निषेधाज्ञा थप गर्न सिसिएमसीलाई सुझाव  दिए । सोही कुरालाई समेत ख्याल गर्दै जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) बैठकले  भदौ १७ गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा कायम ग¥यो । सामान्य बुझाइमा  निषेधाज्ञापछि उपत्यकामा संक्रमणको दर ओरालो लाग्नुपर्ने वा नियन्त्रणमा हुनुपर्ने हो । तर निषेधाज्ञाका बीच पनि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या बढदैं गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले प्रष्ट पार्छ ।

 भदौं १ गते सोमबारसम्म काठमाडौंमा जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३८ थिए भने ललितपुरमा २ सय ८२ र भक्तपुरमा १सय ४७ संक्रमित थिए ।  अहिले काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २ हजार १ सय ३५ पुग्यो । सोमबार उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसपछि अघिल्ला दिनको तुलनामा मंगलबार उपत्यकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भयो । काठमाडौं उपत्यकामा  थप २ सय ५ जनामा कोरोना देखियो । उपत्यकामा भदौं ३ गते अर्थात बुधबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो ।  योसँगै काठमाडौंमा २ सय १०, ललितपुरमा ३ सय ४९ र भक्तपुरमा १ सय ७२ जना संक्रमित पुगे । काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २ हजार ४ सय ९९ पुगेको थियो ।

काठमाडौं उपत्यकाको भदौं १ गतेदेखि ११ सम्मको संक्रमितको संख्या यसअनुसार छ ः 

भदौ ४ गते बिहिबार मात्रै उपत्यकामा  थप २ सय  जनामा कोरोना संक्रमित भेटिए । यस्तै काठमाडौं उपत्यकामा  मात्रै   शुक्रबार ५ गते  थप १ सय ८२ जनामा कोरोना भाइरस संक्रमण  देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । अर्को दिन शनिबार उपत्यकामा थप  २ सय १६ जनामा कोरोना पुष्टि भयो । शनिबारसम्म आइपुग्दा काठमाडौं जिल्लामा मात्रै २ हजार ४ सय ८६,  ललितपुरमा ३ सय ९८ र भक्तपुरमा २ सय ४५ जना कोरोना संक्रमितको पुष्टि पुष्टि भएसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३ हजार ९७ जना पुगेको थियो । यस्तै काठमाडौं उपत्यकामा  आइतबार थप १ सय ६६ जना संक्रमित भएको आंकडाले देखाउँछ । अर्को दिन    उपत्यकामा सोमबार ८ गते  थप २ सय २४ जनामा देखियो । फेरि मंगलबार उपत्यका संक्रमितको संख्या बढेर २ सय ३२ जना पुग्यो भने काठमाडौं उपत्यकामा बुधबार संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी ३ सय १ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । र बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संख्या संक्रमित फेलापरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । आज ३ सय ७७ जना कोरोनाको पुष्टि भएको छ ।   योसँगै उपत्यकामा संक्रमितको संख्या ४ हजार  ३ सय ९६ पुगेको  मन्त्रालयले जनाएको छ । देशभर १ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन भने हालसम्म ३५ हजार ५ सय २० जनामा संक्रमित पुगेका छन् ।  नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा  अहिले बढ्दो मात्रामा देखिएको संक्रमितको संख्या निषेधाज्ञा हुनु भन्दा अगाडि संक्रमित भएकाहरु रहेको’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

 निषेधाज्ञाभन्दा आगाडिको उपत्यकाको अवस्था कस्तो थियो भन्ने कुरा वर्तमान समयमा संक्रमितको उकालो चढ्दो आंकडाले प्रष्ट परेको जनस्वास्थ्यविद्हरूले बताएका छन् । ‘काठमाडौं उपत्यकामा  अहिले बढ्दो मात्रामा देखिएको संक्रमितको संख्या निषेधाज्ञा हुनु भन्दा अगाडि संक्रमित भएकाहरु रहेको’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । निषेधाज्ञा भन्दाअघिको खुकुलो परिस्थितिमा एकबाट अर्कोलाई कोरोना बढी सर्ने परिस्थिति थियो । सामान्यतः कोरोनोभाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको  १४ दिनसम्ममा संक्रमणका लक्षण देखापर्न वा परीक्षणमा संक्रमण पोजेटिभ फेला पर्नसक्छ । ‘वर्तमान समयमा निषेधाज्ञा जारी भएपनि पूर्णरुपमा सजगता नअपनाइएको’ उनी बताउँछन् । ‘बन्दाबन्दीको समयमा पनि एकअर्का परिवारसँग भेटघाट गर्ने, भित्रै गल्लीहरूमा खुलेआम सावधानी नअपनाएर हिँड्नेको संख्या बढी भएका कारण जोखिम झन बढ्ने स्थिति कायमै रहेको’ डाक्टर पुनको कथन छ ।  ‘बिहिवारसम्मको काठमाडौं उपत्यकामा संक्रमितको संख्या हेर्दा हामीले कतिसम्म लापवाही गरिरहेका रहेछौंं भन्ने कुरा प्रष्ट भएको’ उनको भनाइ छ ।

‘अबको दुई हप्तामासम्म पनि संक्रमितको संख्या यही तरिकाले बढ्दै गएमा निषेधाज्ञा जारी रहँदा पनि कोरोनाभाइरसविरुद्धको जनस्वास्थ्यका मापदण्ड एवं अपनाउनुपर्ने सावधानीहरु नअपनाएको झन प्रमाणित हुने’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

 यस्तै अहिले निषेधाज्ञाका बीच पनि संक्रमणको ग्राफ उकालो लागिरहेको तथ्यले ‘जनस्वास्थ्यको मापदण्ड मान्न जनता तयार नभएको कुरा प्रमाणित गरिदिएको’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् ।  ‘अबको दुई हप्तामासम्म पनि संक्रमितको संख्या यही तरिकाले बढ्दै गएमा निषेधाज्ञा जारी रहँदा पनि कोरोनाभाइरसविरुद्धको जनस्वास्थ्यका मापदण्ड एवं अपनाउनुपर्ने सावधानीहरु नअपनाएको झन प्रमाणित हुने’ उनी बताउँछन् । ‘विगतकादिनमा कोरोना संक्रमणबाट बाँच्नका लागि जनस्वास्थ्यको मापदण्ड पालना भएको छैन भनेर हामीले भनिरहेका नै थियौं, उनले भने, ‘मापदण्ड पालना नगरेको परिणामको ज्वलन्त उदाहरण यही हो ।’

केही यता सरकारले पिसिआर परीक्षणको दायरा बढाएको छ । ती परीक्षणका नजिता आएपछि तिनको विश्लेषणबाट ‘निषेधाज्ञापछि वर्तमान समयको अवस्था थाहा पाउन सकिने’ डाक्टर दीक्षित बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप