भ्याक्सिनमा क्यानडा र चीनको साझेदारी समाप्त, के तनावपूर्ण सम्बन्धका कारण यस्तो भयो ?
बिहिबार क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिप शान्पानिएले दुई देशबीच कूटनीतिक स्तरमा तनाव भएता पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स र क्यानडाको नेशनल रिसर्च काउन्सिलबीचको साझेदारी टुट्नुसँग यसको कुनै नाता नभएको बताएका छन् ।
मंगलबार रोममा शान्पानिएले चिनियाँ विदेशमन्त्री वांग यीसँग भेटघाट गरेका थिए । ९० मिनेटसम्म चलेको यो भेटघाटमा क्यानाडेली विदेशमन्त्रीले चीनमा हिरासतमा राखिएको आफ्ना दुई नागरिकलाई छोड्न भनेका थिए ।
क्यानडा सरकारको तर्फबाट जारी गरिएको बयानमा दुई देशबीच कोरोनाको सम्भावित भ्याक्सिनको विषयमा पनि चर्चा भएको बताइएको छ ।
यो भेटघाटको अघिल्लो दिनमात्रै क्यानडाको नेशनल रिसर्च काउन्सिलले चिनियाँ कम्पनी क्यानसिनोसँग सम्झौता रद्द भएको घोषणा गरेको थियो ।
काउन्सिलले कम्पनीमा अथोरिटी नभएका कारण आफूहरु हालका लागि भ्याक्सिन पठाउन असफल भएको बताएको थियो ।
चीन र क्यानडाबीचको सम्बन्ध डिसेम्बर सन् २०१८ मा त्यतिबेला बिग्रन सुरु भएको थियो जब चिनियाँ कम्पनी ह्वावेकी चीफ फाइनेन्सियल अधिकारी मेंग वांन्गजूलाई क्यानडाको प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि चीनले जासुसीको आरोपमा दुई क्यानाडेली नागरिकलाई पक्राउ गरेको थियो । उसले क्यानडाबाट आयात हुने क्यानोलाको बिउमाथि पनि रोक लगाइदियो ।
चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले बिहिबार कोरोना भ्याक्सिनमा दुई देशबीच सहयोग समाप्त हुनुको नाता दुई देशबीचको सम्बन्धसँग नभएको बताएका छन् ।
शान्पानिएले यद्यपि, स्वास्थ्यको विषयमा वा कोभिड–१९ को विषयमा भविष्यमा चीन वा चिनियाँ कम्पनीसँग काम गर्ने सम्भावनाबाट अस्विकार भने गरेका छैनन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी