शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमणदर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

शुक्रबार, १२ भदौ २०७७, ०७ : २५
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । 

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् । 

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप