शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सचिवालय बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल

शुक्रबार, १२ भदौ २०७७, १३ : १५
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । 

उनीहरुबीच शनिबार बस्ने सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।  महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्दैछ ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए । कार्यदलले ओलीले राजीनामा दिन नपर्ने र प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्षको भूमिका निभाउने लगायतका सुझाव दिएको थियो । गत मंसिर ४ को सहमतिलाई पुनव्र्याख्या गर्दै कार्यदलले प्रतिवेदन तयार पारेपनि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीबारेको प्रतिवेदन मौन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप