बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखमा खनाल

शनिबार, १३ भदौ २०७७, १३ : २०
शनिबार, १३ भदौ २०७७

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा रिक्त रहेको उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन आइपुगेकी छन् । 

परराष्ट्र सेवामा एक दशक बिताइसकेकी खनालले यसघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । आगामी मंगलबारबाट खनालले औपचारिक रुपमा नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखको कार्यभार सम्हाल्ने बताइएको छ । 

सन् २०१६ मा बेलायत आएका नेपाली दूतावास लन्डनका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि बिहीबार मात्र नेपाल फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप