शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३ लाख ६७ हजार पाउण्डमा बिक्री भयो भेडा

शनिबार, १३ भदौ २०७७, १४ : ४७
शनिबार, १३ भदौ २०७७

विश्वकै महँगो भेडाको मूल्य कति होला ? भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । 
स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा बिहीबार यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् । भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका थिए । डबल डायमन्ड नामको यो भेडा विशेष भएकाले सबैको नजरमा परेको उनले बताए । 

यस भेडामा सुरुमा १० हजार पाउन्डको बोली लगाइएको थियो । त्यसपछि क्रमश मूल्य बढ्दै गयो । 
‘मलाई थाहा थियो यसलाई धेरै महंगो पर्नेवाला छ । तर, यति धेरै पर्छ भनेर सोचेको थिइँन,’ उनले भने । 

यो भेडा निकै सुन्दर छ । यसको टाउको, कपालको रंग, आँखा वरपरको रंग, खुुट्टा निकै आकर्षक रहेको उनले बताए । उनले यसलाई विश्वकै ह्यान्डसम भेडा भन्न रुचाए । 
अईकेनका अनुसार ६ महिनाको यस भेडा अब विभिन्न कृषकका गोठमा जानेछ र त्यहाँ पालिएका भेडीहरुसँग सम्पर्कमा रहनेछ । ‘आशा गरौं यो लामो समय बाँच्नेछ र जबसम्म यो स्वस्थ हुनेछ हामी यसलाई प्रजनन कार्यका लागि प्रयोग गर्नेछौं ।’

टेक्सल भेडा समाजका अनुसार अहिलेसम्म सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा डबल डायमन्ड नै हो । यसअघि २००९ मा यस्तै एक आकर्षक भेडा २ लाख ३१ हजार पाउन्डमा बिक्री भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप