शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी

शनिबार, १३ भदौ २०७७, २२ : ४७
शनिबार, १३ भदौ २०७७

रौतहट । रौतहटमा १ हप्ताको लागि निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको समय आगामी भदौ २१ गते राति सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

निषेधाज्ञाको समयमा बिहान ७ देखि १२ बजेसम्म खाद्यान्न पसलहरु खुल्ने र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । अन्य क्षेत्रको हकमा पूरानै निर्णय भएको यादवले जानकारी दिए । पछिल्ला महिनादेखि रौतहटमा कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप