बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइतबारको मौसम पूर्वानुमान

आइतबार, १४ भदौ २०७७, ०७ : २८
आइतबार, १४ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आइतबार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । 
 
महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का बर्षा भइरहेको जनाएको छ । 

यसैगरी, दिउँसो  देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।  

यस्तै, राति भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र प्रदेश १ को एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप